नेपाल सम्वत् ११४६, चिल्लाथ्वः ४, चतुर्थी (९ फागुण, २०८२, २१ फ्रेब्रुअरी, २०२६) शनिवार, बाँपिझ्याला । दोलखा जिल्लाको नामकरणसँग जोडिएको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र दोलखा भीमेश्वरको पुण्यभूमिबाट नेपाली कम्युनिष्ट पार्टी दोलखाका प्रतिनिधि सभा उम्मेदवार विशाल खड्काले घरदैलो अभियानको औपचारिक सुरुवात गरेका छन्।
भीमेश्वर नगरपालिका वडा नं. २ संगठन कमिटी तथा चुनाव प्रचार–प्रसार समितिको आयोजनामा, अजय प्रधानको नेतृत्वमा सुरु भएको यो अभियान खेलाप, स्वाक्लो र डाँडागाउँबाट प्रारम्भ गरिएको हो। नगरपालिका भित्रै रहेर पनि विकासको ओझेलमा परेका तथा राज्यको ध्यान कम पुगेका यी बस्तीहरूमा प्रत्यक्ष घरदैलो गर्दै जनताको भावना, गुनासा र सुझाव संकलन गरिएको बताइएको छ।
घरदैलोका क्रममा स्थानीय मतदाताहरूले स्पष्ट धारणा व्यक्त गर्दै भने, “हिंसा र भ्रष्टाचारलाई संरक्षण गर्नेहरूलाई अब भोट दिँदैनौं। एकपटक नेपाली कम्युनिष्ट पार्टीलाई तारा चिन्हमा भोट हालेर अवसर दिन्छौं। यदि काम भएन भने पुनः समीक्षा गर्नेछौं।”
यस अभिव्यक्तिले जनतामा परिवर्तनको चाहना र जिम्मेवार नेतृत्वप्रतिको अपेक्षा प्रष्ट देखिएको छ।
डाँडागाउँ, स्वाक्लो र खेलापबासीले वडा नं. २ बाट पार्टीलाई अग्रस्थानमा ल्याउने जिम्मा आफूहरूले लिने प्रतिबद्धता जनाउँदै अन्य वडाहरूमा समेत सशक्त रूपमा अभियान सञ्चालन गर्न उम्मेदवार विशाल खड्कालाई सुझाव दिएका छन्।
अजय प्रधानको नेतृत्वमा सञ्चालित यो घरदैलो अभियान १७ गतेसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ। जनताको घरदैलोमै पुगेर विश्वास जित्ने, भावना सुन्ने र स्पष्ट विकास प्रतिबद्धता व्यक्त गर्ने लक्ष्यसहित अघि बढिरहेको यो अभियान दोलखा जिल्लाकै नमुना कार्यक्रम बन्ने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij