Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

‘कार्की साइँला’मा प्रियना आचार्यको इन्ट्री, जितु नेपालको जोडीमा मुख्य भूमिकामा

‘कार्की साइँला’मा प्रियना आचार्यको इन्ट्री, जितु नेपालको जोडीमा मुख्य भूमिकामा

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः २, द्धितीया (७ फागुण, २०८२, १९ फ्रेब्रुअरी, २०२६) बिहीबार, बाँपिझ्याला । राजेन्द्र बस्नेतको निर्देशन रहने फिल्म ‘कार्की साइँला’ मा प्रियना आचार्य (मुनि) मुख्य अभिनेत्रीको रूपमा प्रवेश गरेकी छन्। निर्माण टिमले फिल्मको कथासँग सुहाउने भएकाले आचार्यलाई मुख्य भूमिकामा राखेको जनाएको छ। उनी फिल्ममा अभिनेता जितु नेपालको जोडीको रूपमा प्रस्तुत हुनेछन्।

फिल्मको मुख्य सुटिङ नेपालका पूर्वी जिल्ला धनकुटामा हुने बताइएको छ।

यस फिल्ममा जितु नेपाल र प्रियना आचार्यका अलावा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूले अभिनय गर्नेछन्।

कर्णबहादुर फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। मुख्य सहायक निर्देशकको जिम्मेवारी रोजल थापा ले सम्हालेका छन्। छायाङ्कन डम्बर राई को रहने छ। फिल्मको द्वन्द्व निर्देशन किरण दाहाल ले गर्दैछन् भने संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारी ले व्यवस्थापन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार