नेपाल सम्वत् ११४६, सिल्लागाः १३, चतुर्दशी (४ फागुण, २०८२, १६ फ्रेब्रुअरी, २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२ मा वडा कार्यालय र भीम माध्यमिक विद्यालय को व्यवस्थापनमा सम्पन्न वडाध्यक्ष कप भलिबल–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
जसमा महेन्द्रोदय माध्यमिक विद्यालय प्रथम, भीम माध्यमिक विद्यालय दोश्रो र त्रिपुरा बोर्डिङ स्कुल ले तेस्रो स्थान सफल भएका छन् । यसै गरी सान्त्वनामा कुटीडाँडा माध्यमिक विद्यालय रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्ने समूहलाई क्रमशः नगद २०,०००, १५,०००, १०,००० र प्रमाणपत्र, मेडल तथा शिल्ड कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालीका उपप्रमुख कमला बस्नेतले प्रदान गर्नुभएको थियो ।
‘भलिबलको लहर–एकताको नगर’ भन्ने मूल नारासहित सञ्चालन भएको प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह, अनुशासन र प्रतिस्पर्धात्मक भावना बढाएको छ।
यस प्रकारका कार्यक्रमले आधारभूत तहका विद्यार्थीहरूको शारीरिक विकास मात्र होइन, टोली भावना र नेतृत्व क्षमता पनि सुदृढ बनाउँछ। वडा कार्यालयद्वारा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ, जसले सहभागी विद्यार्थीहरूलाई अझ हौसला दिएको छ।
यस्ता प्रतियोगिता नियमित रूपमा भए नगरमा खेलकुद संस्कृतिको विकास अझै मजबुत हुने देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij