Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल सम्वत् ११४६, सिल्लागाः १२, त्रयोदशी (३ फागुण, २०८२, १५ फ्रेब्रुअरी, २०२६) आईतबार, बाँपिझ्याला । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगम ले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको जानकारी गराएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाइएको छ।

नयाँ समायोजनसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ कायम गरिएको छ।

चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार