Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

महाशिवरात्रीको अवसरमा द्वाल्खा म्यासमुचा खलकद्वारा चिसो र पानी वितरण

महाशिवरात्रीको अवसरमा द्वाल्खा म्यासमुचा खलकद्वारा चिसो र पानी वितरण

नेपाल सम्वत् ११४६, सिल्लागाः १२, त्रयोदशी (३ फागुण, २०८२, १५ फ्रेब्रुअरी, २०२६) आईतबार, बाँपिझ्याला । महाशिवरात्रीको पावन अवसरमा द्वाल्खा म्यासमुचा खलक द्वारा पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि चिसो र पानी वितरण गरिएको छ।

नेपालीहरूको महान पर्व महाशिवरात्रि देशभरका विभिन्न शक्तिपीठ तथा शिवालयहरूमा श्रद्धा र भक्ति साथ मनाइन्छ। यसै अवसरमा दोलखा जन्मघर भई कर्मघर उपत्यका तथा उपत्यका बाहिर रहेका दोलखाली म्यासमुचाहरूको छाता संगठनका रूपमा रहेको द्वाल्खा म्यासमुचा खलकले भक्तजनहरूको सुविधालाई ध्यानमा राखी पशुपतिमा स्टल स्थापना गरी निःशुल्क चिसो तथा पानी वितरण गर्दै सेवा पुर्‍याएको हो।

Dwalkha1.jpg

खलकका अध्यक्ष अन्नपूर्ण श्रेष्ठका अनुसार विगत एक दशकभन्दा अघिदेखि शिवरात्रिको अवसरमा यस प्रकारको सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ। कार्यक्रममा दोलखाका अन्य संघ–संस्थाका प्रतिनिधिहरू तथा उपत्यकामा बसोबास गर्ने दोलखाली म्यासमुचाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

महाशिवरात्रिः
महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो, जुन भगवान शिवको आराधना र उपासना गर्ने दिनका रूपमा मनाइन्छ। फागुन कृष्ण चतुर्दशीका दिन पर्ने यस पर्वमा भक्तजनहरू व्रत बस्ने, रातभर जाग्राम बस्ने, शिवलिङ्गमा जल, बेलपत्र, दूध अर्पण गर्ने तथा मन्दिरमा पूजा–आराधना गर्ने परम्परा छ।

Dwalkha-2.jpg

नेपालमा विशेष गरी पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा हजारौँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। यो पर्वले आस्था, संयम, तपस्या र आत्मशुद्धिको सन्देश दिने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार