फाल्गुण महिनाको कृष्णपक्ष चर्तुदशीको दिन महाशिव रात्री पर्व पर्दछ । यस दिन दोलखा श्री भीमेश्वरमा भीमेश्वर गुठीबाट (दशैंको गुठीमा लेखिए बमोजिम) आठ पर्वी पूजा अन्तर्गत विशेष पूजा हुन्छ । यस दिन ब्रत बस्ने रातभर जागा बसेर शिव धुनी बालेर बस्ने गर्दछन् । यस दिन ब्रत बसे शिवलोक जानपाइने धार्मिक श्रुती चलेको पाइन्छ ।
दोलखा शहरको पिङ्गल टोल स्थित पशुपति नाथको मन्दिर अगाडी, माथिल्लो टोल स्वयम्भु नजिकैको पशुपति अगाडी, टसिचाको ढुङ्गेश्वर महादेव, राजकुलेश्वरको विद्यालय प्राङ्गनमा रहेको महादेवमा विशेष पूजा आजा रुद्री पाठ गर्ने चलन रहेको छ ।
यसै गरी यी सबै महादेवहरुमा टोलटोलका बासिन्दाहरुको आफ्नो पुख्यौली गुठी बमोजिम हालसम्म उक्त कार्य गर्ने गरिएको देखिन्छ ।
विहान रुद्रीपाठ गर्ने, दिउँसो महादेवको प्रसादको रुपमा चिया, सर्वत बाँड्ने बेलुकी धुनी लगाएर भजन किर्तन गर्ने चलन छ । यस दिन धार्मिक परम्परा अनुरुप तान्त्रिकहरुले बडो महत्वपूर्ण ठान्दछन् । यिनीहरुले श्री महादेव र पार्वतीको ठूलो भक्ती भावले श्रद्धापूर्वक विधी विधान अनुसार पूजा आजा गर्दछन् ।
यस दिन भीमेश्वर स्थानमा पनि गुठीबाट आठ पर्वी पूज अन्तर्गत विशेष पूजाआजा हुने गर्दछन् । विहान रुद्रीपाठ गरेर दान दक्षिणा गरिन्छ । भोलीपल्ट जोर बोका बलि दिने चलन छ । टाडा टाडाबाट समेत भीमेश्वरलाई शिवको रुप मानेर दर्शन गर्न आउने गर्दछन् ।
त्यस दिन भीमेश्वरमा वसेका जोगीले समेत धुनी जगाएर विशेष पूजाआजा गरेर भीमेश्वरको आरधाना गर्दछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij