नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको बहुप्रतीक्षित नेपाली फिल्म **‘मास्टर्नी’**को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत १ मिनेट १२ सेकेन्ड लामो टिजर सार्वजनिक गर्दै फिल्मको कथा र मुख्य पात्रहरूको पहिलो झलक दर्शकमाझ ल्याएको हो।
सार्वजनिक टिजरमा रहस्य, सस्पेन्स र भावनात्मक कथालाई प्राथमिकता दिइएको छ। एउटा अप्रत्याशित घटना वा अपराधपछि उत्पन्न हुने परिस्थितिले पात्रहरूको जीवनमा पार्ने असरलाई टिजरमा प्रस्तुत गरिएको छ। विशेषगरी आमा–छोरीबीचको गहिरो सम्बन्ध, छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्ष र त्यस क्रममा सामना गर्नुपर्ने चुनौतीहरूलाई प्रभावशाली ढंगले देखाइएको छ।
फिल्ममा प्रियंका कार्की र सिम्रन खड्का आमा–छोरीको भूमिकामा देखिएका छन्। उनीहरूसँगै आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा र दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय रहेको छ।
टिजरको कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका हुन् भने ध्वनि मिश्रण मुकेश शाहले गरेका छन्। निर्माण पक्षका अनुसार फिल्मको पोस्ट–प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भइरहेको छ।
आयंका फिल्म्सको प्रस्तुति रहेको **‘मास्टर्नी’**लाई भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन्। फिल्मको कथा स्वयं प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा तथा संवाद शान बस्न्यातले तयार पारेका छन्।
फिल्मका निर्मातामा आयुष्मान जोशी, प्रियंका कार्की जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की रहेका छन्। त्यस्तै सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माताको भूमिकामा छन्। फिल्मको छायांकन युवराज इन्दोरियाले गरेका हुन् भने सम्पादन राजा सिंह सिदुले गरेका छन्।
रहस्य, सस्पेन्स र पारिवारिक भावनालाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको ‘मास्टर्नी’को टिजरले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij