नेपाल सम्वत् ११४६, सिल्लागाः १२, द्वादसी (२ फागुण, २०८२, १४ फ्रेब्रुअरी, २०२६) शनिवार, बाँपिझ्याला । महाशिवरात्रिको पावन अवसरमा आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्रमा अहिले विशेष चहलपहल छ । आइतबारको महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सबै सुरक्षा, व्यवस्थापन र सजावटका कार्यहरू पूरा गरेको छ ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र अहिले साधुसन्तहरूको आगमनले भरिभराउ भएको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट ४ हजारभन्दा बढी साधुसन्त र नागा बाबाहरू पशुपति आइपुगेका छन् ।
विशेषगरी भारतका विभिन्न अखडाबाट सयौँ नागा बाबाहरूको उपस्थिति छ । उनीहरूले बाल्ने धुनीले पशुपति क्षेत्रमा एउटा फरक र आध्यात्मिक वातावरण सृजना गरेको छ । पशुपतिनाथको मुख्य मन्दिर र वरपरको क्षेत्रलाई फूल र आधुनिक बत्तीहरूले झिलिमिली पारिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij