Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

महाशिवरात्रिको लागि पशुपति मन्दिर क्षेत्रमा तयारी सम्पन्न

महाशिवरात्रिको लागि पशुपति मन्दिर क्षेत्रमा तयारी सम्पन्न

नेपाल सम्वत् ११४६, सिल्लागाः १०, नवमी (२९ माघ, २०८२, १२ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला ।  महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दर्शनलाई सहज बनाउन चारवटा छुट्टाछुट्टै प्रवेश–निर्गमन मार्गको व्यवस्था गरिएको छ, जसअनुसार विभिन्न क्षेत्रबाट आउने भक्तजनका लागि अलग–अलग ढोका र मार्ग निर्धारण गरिएको छ।

दर्शनमार्ग र मेला क्षेत्रको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहित प्रहरी नियन्त्रण कक्ष स्थापना गरिएको छ भने विभिन्न स्थानमा सब–कमान्ड पोस्ट पनि राखिएको छ। आवास, भोजन, पार्किङ, जुत्ता–चप्पल कक्ष तथा स्वास्थ्य शिविर, पानी र स्वयंसेवकको व्यवस्था मिलाइएको छ।

पशुपति क्षेत्र मासु र मदिरा निषेधित क्षेत्र भएकाले यस्ता वस्तुको बिक्री–वितरण नियन्त्रण गर्न प्रहरी परिचालन गरिने कोषले जनाएको छ। यस वर्षको महाशिवरात्रि फागुन ३ गते आइतबार मनाइँदै छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार