Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बलिउड फिल्म ‘बोर्डर २’ ले विश्वव्यापी रूपमा ४३२ करोड भारूभन्दा बढी कमाइ

बलिउड फिल्म ‘बोर्डर २’ ले विश्वव्यापी रूपमा ४३२ करोड भारूभन्दा बढी कमाइ

नेपाल सम्वत् ११४६, सिल्लागाः १०, नवमी (२९ माघ, २०८२, १२ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला ।  सनी देओल अभिनीत यस फिल्मले प्रदर्शनको २०औँ दिनसम्म भारतमा मात्र करिब ३१६ करोड भारू नेट कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्मले २०औँ दिन (बुधबार) भारतमा १ करोड ७५ लाख भारू कमाएको बताइएको छ। पहिलो र दोस्रो हप्तामा उत्कृष्ट कमाइ गरे पनि तेस्रो हप्तामा दैनिक आम्दानी केही घटेको देखिएको छ।

अनुराग सिंह निर्देशित यस फिल्ममा सनी देओल, वरुण धवन, दिलजित दोसाँझ र अहान शेट्टी मुख्य भूमिकामा छन्। साथै मोना सिंह, सोनम बाजवा, मेधा राणा र अन्या सिंहको पनि अभिनय रहेको छ।

देशभक्ति र सैनिक साहसको कथामा आधारित ‘बोर्डर २’ नेपालमा पनि राम्रो कमाइ गर्दै अझै प्रदर्शनरत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार