Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

अभिनेता अभिषेक र अभिनेत्री आकृति उपत्यकाको हल हलमा

अभिनेता अभिषेक र अभिनेत्री आकृति उपत्यकाको हल हलमा

नेपाल सम्वत् ११४६, सिल्लागाः ९, अष्ठमी (२६ माघ, २०८२, १० फ्रेवअरी, २०२६) मंगलबार बाँपिझ्याला । अभिनेता अभिषेक खड्का र अभिनेत्री आकृति राजभण्डारी अचेल उपत्यकाको हल हलमा भेटिन्छन् । उनीहरू त्यसरी भेटिनुको कारण हो शुक्रबारबाट प्रदर्शित फिल्म ‘कुमारी’ । यही फिल्मको दर्शक प्रतिक्रिया बुझ्न उनीहरू उपत्यकाको सबै हलमा पुगिरहेका हुन् ।

उनीहरू सोमबार लोच्छे महलको आइएमआइ सिनेमा, गंगबुको सिटीस्क्वार सिनेमा, एफक्युज र कलामाटीको वान सिनेमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए ।

दर्शकले आफ्नो अभिनय र फिल्मको बारेमा दिने प्रतिक्रिया बुझ्न हल हलमा पुगिरहेको अभिनेता खड्काले बताए । ‘दर्शकले फिल्म र मेरो अभिनयको राम्रो प्रतिक्रिया दिइरहनु भएको छ’, खड्काले भने ‘दर्शकको प्रतिक्रियाले उत्साहित छु ।’ आज भक्तपुरको क्युएफएक्स र कीर्तिपुरको सिनेप्लेक्स पुग्ने कार्यक्रम रहेको उनले सुनाए ।

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया समेत प्राप्त गर्न सफल भएको छ । समीक्षकले फिल्मको कथावस्तु, त्यसको चित्रण र सांस्कृतिक पक्षको मनपराउदा दर्शकले प्रेमकथा र महिला संवेदनालाई रुचाएका छन् ।फिल्म दिनेश राउतले निर्देशक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार