Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ई–ड्राइभ ट्याक्सीको सेवा सुरु

लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ई–ड्राइभ ट्याक्सीको सेवा सुरु

नेपाल सम्वत् ११४६, सिल्लागाः ६, षष्ठी (२४ माघ, २०८२, ७ फ्रेवअरी, २०२६) शनिवार, बाँपिझ्याला । ट्याक्सी तथा बाइक सेवा ई–ड्राइभले नेपालगन्जबाट पनि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ । 

शनिबार यहाँ आयोजित एक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले रिबन काटेर सो सेवाको शुभारम्भ गर्नुभएको हो । १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ सेवा अब पश्चिमको प्रमुख सहर नेपालगन्जमा विस्तार गरिएको छ । 

हाल रुपन्देहीमा ११० वटा ट्याक्सी तथा ५०० भन्दा बढी मोटरसाइकल राइडरमार्फत सेवा दिइरहेको ई–ड्राइभले नेपालगन्जमा प्रारम्भिक चरणमा १५ वटा ईभी ९विद्युतीय० ट्याक्सीमार्फत सेवा सुरु गरेको ई–ड्राइभका निर्देशक विजय भण्डारी ९बासु० ले बताउनुभयो । 

उहाँले समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा ई–ड्राइभरका अध्यक्ष राजकुमार गुप्ताले युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसाथ १८ महिनाअघि रुपन्देहीबाट सुरु गरिएको सेवालाई नेपालगन्जमा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यो सेवा देशभर विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो । नेपालगन्जमा यसअघि नेपक्यापले पनि अनलाइन ट्याक्सी सेवा सुरु गरेर सञ्चालन गर्दैआएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार