नेपाल सम्वत् ११४६, सिल्लागाः ६, षष्ठी (२४ माघ, २०८२, ७ फ्रेवअरी, २०२६) शनिवार, बाँपिझ्याला । चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।
उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।
उनका अनुसार परिवारका सदस्य आइपुगेपछि औपचारिक घोषणा गर्ने तयारी छ।
परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए।
सुनिल थापाले लामो समयदेखि नेपाली तथा भारतीय फिल्ममा काम गर्दै आएका थिए।
३०० बढी नेपाली फिल्ममा अभिनय गरेका सुनिल थापा ुराते काइँलाु भनेर समेत चिनिन्थे। फिल्म ‘चिनो’मा ‘राते काइँला’ को भूमिकामा प्रस्तुत सुनिल त्यसयता सर्वाधिक खोजिने खलपात्रको रुपमा रहेका थिए।
एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष समेत रहेका सुनिल पछिल्लो समय फिल्म एक्लोमा देखिएका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij