Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

हजुरको आज शुक्रवारको दिन कस्तो छ ? रासिफल हेरौं ।

हजुरको आज शुक्रवारको दिन कस्तो छ ? रासिफल हेरौं ।

राशिफल

updated at: माघ २३, २०८२ | 
 
मेष(Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सबै कुरामा अद्यावधिक हुँदै अघि बढ्न खोजिनेछ । कुरा काट्नेहरू आफैँ तर्किन थाल्नेछन् । कुनै कामको सम्पन्नताले मन ढुक्क रहला ।

वृष(Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कुनै कुराले मन विचाराधीन हुन सक्छ । कुनै पनि काम गर्दा राम्ररी ध्यान दिनुपर्ने अवस्था छ । आफैँले आफ्नो सहज परिस्थिति विचारेर अघि बढ्नुपर्नेछ ।

मिथुन(Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह

सबैको सबै कुरा चित्त नबुझ्न सक्छ । समयावस्था विचारेर आफूलाई अभिव्यक्त गर्नुपर्ला । जेजसरी मन शान्त हुन्छ उसरी नै आफूलाई अघि सार्न खोजिनेछ ।

कर्कट(Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारिवारिक वातावरण सुखमय रहनेछ । समयलाई आफूअनुकूल तह लगाइनेछ । योजनाबद्ध रूपमा काम अघि सर्दै जानेछ ।

सिंह(Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कसैसितको भेटघाटले मन खुसी रहला । क्रमशः सबै कुराहरू मिल्दै जानेछन् । कुनै कामका लागि केही खर्च हुन सक्छ ।

कन्या(Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यक्तिगत काममा सफल भइनेछ । समयलाई आफूअनुकूल चलाउन खोजिनेछ । मिष्ठान्न भोजनको योग रहेको छ ।

तुला(Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते

कुनै कुरा मनमा खट्किन सक्छ । सकेसम्म कम बोलीमै काम सक्न खोजिनेछ । समयावस्था विचारेर आफूलाई अभिव्यक्त गर्नु उचित रहला ।

वृश्चिक(Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु

साथीसित कतै भेटघाट हुन सक्छ । कुनै कामकाबारे छलफल हुन सक्छ । कुनै कामविशेषले कुनै सामानको किनमेल हुन सक्छ ।

धनु(Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कतै निम्तालु बनेर जानुपर्नेछ । विविध व्यक्तित्वसित भेट्ने मौका मिल्नेछ । समयावस्था आफूअनुकूल बन्दै जानेछ ।

मकर(Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कुनै कुराले नजानिँदोगरी व्यस्त बनाउला । सकेसम्म बेलैमा काम सक्न खोजिनेछ । पुनर्ताजगीका लागि कतै जाने विचार मनमा आउन सक्छ ।

कुम्भ(Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द

कुनै कुराले मनमा दुविधा हुन सक्छ । मनको कुरालाई बाहिर आउन नदिएकै उचित होला । सकेसम्म शान्त र धैर्यपूर्वक काम सक्नतर्फ लाग्नु नै उचित रहनेछ ।

मीन(Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समयानुसार सबै कुराहरू मिल्दै जानेछन् । कुनै कामको पूर्णताले मन ढुक्क रहला । कतैबाट कुनै निमन्त्रणा पाइन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार