Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

जापानमा भारी हिमपात

जापानमा भारी हिमपात

नेपाल सम्वत् ११४६, सिल्लागाः ३, द्वितिया (२१ माघ, २०८२, ४ फ्रेवअरी, २०२६) बुधबार, बाँपिझ्याला । जापानमा जनवरी २० देखि भएको भारी हिमपातका कारण देशभर ३५ जनाको मृत्यु हुनाका साथै ३५८ जना घाइते भएका देशको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार जानकारी दिएको छ।

निगाता, अकिता, यामागाता, होक्काइदो र आओमोरीलगायतका धेरै प्रान्तहरूमा हताहती भएको जापानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाएका छन्। 

जापानको समुद्री तटमा रहेको निगाता प्रान्तमा बुधबारसम्म १२ जनाको मृत्यु भएको छ। अग्नि अधिकारीहरूका अनुसार धेरै मृत्यु हिउँ हटाउने क्रममा भएका बताइएको छ। चिसोका कारण अचानक बिरामी पर्ने र अस्पताल भर्ना हुने क्रम पनि जारी छ।

जापानको मौसम विज्ञान निकायका अनुसार हिउँदे चिसोका कारण मुख्यतया उत्तरी र पश्चिमी जापानको समुद्रमा भारी हिमपात भएको छ।

सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार आओमोरी प्रान्तका केही भागमा हिउँ ४।३ मिटरभन्दा बढी तथा निगाताका केही क्षेत्रमा करिब तीन मिटर हिउँ जमेको छ।

क्योदो न्युजका अनुसार खराब मौसमले १४ आवासीय भवनमा पनि क्षति भएको छ।  जापानका अधिकांश क्षेत्रमा तापक्रम बढेसँगै अधिकारीहरूले बासिन्दालाई हिमपहिरो, छतबाट खस्ने हिउँ र यातायात अवरोधबाट सतर्क रहन चेतावनी दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार