सन् २०२५ मा मलेसियाको पर्यटन क्षेत्रले ऐतिहासिक सफलता हासिल गर्दै चार करोड २२ लाख पर्यटक भित्र्याएको छ ।
मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीकाअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ११।२ प्रतिशत र कोभिड महामारी पूर्वको सन् २०१९ को तुलनामा २०।४ प्रतिशतले बढी हो ।
सरकारी समाचार एजेन्सी बर्नामाले उल्लेख गरेअनुसार पर्यटन र संस्कृति मन्त्रिपरिषद् समितिको बैठकपछि उपप्रधानमन्त्री हमिदीले यो उपलब्धिलाई आगामी भिजिट मलेसिया २०२६ अभियानका लागि एउटा मजबूत आधार को रूपमा व्याख्या गरे ।
उनले पर्यटन उद्योग देशको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख इन्जिनका रूपमा स्थापित भएकोमा जोड दिए।
यस रणनीति अन्तर्गत सबै मन्त्रालय र विभागहरूबीच समन्वय सुदृढ गरी अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढाउनुका साथै उनीहरूको बसाइ अवधि लम्ब्याउने र खर्च गर्ने क्षमतालाई अधिकतम बनाउने लक्ष्य राखिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij