सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म बोर्डर २ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
फिल्मले भारतमा पहिलो हप्ता २ सय ४४ करोड ९७ लाख भारू नेट कमाइ गरेको विवरण बलिउड व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
विवरणअनुसार ुबोर्डर २ु को पहिलो हप्ताको कमाइ सनी देओलको करिअरकै उच्च हो। यसअघि सनी देओलको सबभन्दा ठूलो हिट गदर २ ले पहिलो हप्ता २ सय ८४ करोड ६३ लाख भारू कमाइ गरेको थियो।
बोर्डर २ु ले वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीका लागि भने करिअरकै सबभन्दा ठूलो पहिलो हप्ताको कमाइको कीर्तिमान बनाएको छ।
विवरणअनुसार रिलिजको दिन बोर्डर २ ले ३२ करोड १० लाख भारू नेट कमाएको थियो। शनिबार ४० करोड ५९ लाख, आइतबार ५७ करोड २० लाख, सोमबार ६३ करोड ५९ लाख, मंगलबार २३ करोड ३१ लाख, बुधबार १५ करोड ४ लाख र बिहीबार १३ करोड १३ लाख भारू नेट कमाएको हो।
बुधबार र बिहीबार कलेक्सनमा केही गिरावट आए पनि समग्र ७ दिनको प्रदर्शनलाई उत्कृष्ट मानिएको छ।
अनुराग सिंह निर्देशित बोर्डर २ भारत(पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ। भूषण कुमार, कृष्ण कुमार, जे।पी। दत्ता र निधि दत्ता यसको निर्माता हुन्।
बोर्डर २ नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ। नेपालको बक्स अफिस कमाइ भने चलचित्र विकास बोर्डले आगामी सोमबार सार्वजनिक गर्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij