Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

काठमाडौँबाट हुने हवाई उडान ठप्प

काठमाडौँबाट हुने हवाई उडान ठप्प

नेपाल सम्वत् ११४६, सिल्लाथ्व ११, एकादशी (१५ माघ, २०८२, २९ जनवरी, २०२६) बिहीबार, बाँपिझ्याला । बाक्लो कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) ह्वात्तै घट्दा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल बिहान एकछिन खुले पनि कुहिरोका कारण भिजिबिलिटी ८ सय मिटरमा झरेकाले यहाँबाट हुने राष्ट्रियरअन्तर्राष्ट्रिय सबै हवाई उडान ठप्प भएको जानकारी दिए। 

‘अहिले यहाँबाट कुनै पनि हवाईजहाज उड्न सकेका छैनन्’, उनले नेपालखबरसँग भने, ‘हेलिकप्टरसमेत उड्न सकेको छैन।’

प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा १६०० मिटर भिजिबिलिटी चाहिन्छ।  

‘अहिले सबै फ्लाइट होल्डमा छन्’, उनले भने, ‘हेलिकप्टरलाई पनि कम्तीमा १००० मिटर भिजिबिलिटी चाहिने भएकाले उड्न सकेको छैन।’ 
हो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार