Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ७३१ दशमलव ८९ बिन्दुमा

नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ७३१ दशमलव ८९ बिन्दुमा

नेपाल सम्वत् ११४६, सिल्लाथ्व १०, नवमी (१४ माघ, २०८२, २८ जनवरी, २०२६) बुधबार, बाँपिझ्याला । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ७३१।८९ बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार अवधिभर नेप्से ५।३८ अंकले अर्थात् ०।१९ प्रतिशतले उकालो लागेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०।१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।०२ अंक बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यसदिन कुल ३३४ स्टकको कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड ३६ लाख १८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् ।

आजको कारोबारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ र ७ कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन धेरै नाफा कमाउने तर्फ कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् । यी दुई कम्पनीको शेयर आज १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मिथिला लघुवित्त र पिपुल्स पावर कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यसदिन कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै ८३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि राधी विद्युत, एसवाइप्यानल र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा बढी कारोबार भएका छन् ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १।२४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार