नेपाल सम्वत् ११४६, सिल्लाथ्व ९, नवमी (१३ माघ, २०८२, २७ जनवरी, २०२६) मंगलबार, बाँपिझ्याला । पत्रकार गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता, दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त गीति एल्बमको लोकार्पण गरिएको हो ।
गीतकाररसाहित्यकार अमर वान्तुको प्रमुख आतिथ्यतामा गीतकार संघका वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार तथा गीतकार उत्तम केसी, वरिष्ठ संगीतकार राजु सिंह, स्रष्टा गीता अधिकारी, एल्बमसँग सम्बन्धित संगीतकार दीपक शर्मा, संगीतकार राजेन्द्र बजगाईं र गायक सविन सुवेदीलगायतले उक्त गीति एल्बमको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले गर्नुभएको थियो भने मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो । सम्पादक भुसालले मिलाप पत्रिका विगत १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिसँग सम्बन्धित समाचारलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संगीतकार दीपक शर्माले गीता अधिकारीका गीतमा संगीत संयोजन गर्न पाएको अनुभव साट्नुभयो । उहाँले गीताका सिर्जनामा मनोरञ्जनसँगै सशक्त सन्देश पनि समेटिने धारणा राख्नुभयो । वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्रीले गीतासँग लामो समयदेखि पत्रकारितामा सहकार्य रहेको स्मरण गर्दै पछिल्लो समय सृजनात्मक क्षेत्रमा देखिएको कृत्रिम बुद्धिमत्ता ९एआइ०को प्रभावबारे चर्चा गर्नुभयो ।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गीता अधिकारीले आफ्नो जन्मदिनमा सिर्जनात्मक कृति सार्वजनिक गर्ने परम्परा बसाल्नुभएको उल्लेख गर्दै यसअघि जन्मदिनकै अवसरमा ‘मैले पढेका ५१ पुस्तक’ र ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याइसकेको जानकारी दिनुभयो ।
यस्तै, कलाकार रोशनी केसीले गीताको निरन्तर सिर्जनात्मक सक्रियताको प्रशंसा गर्दै उहाँको लेखनप्रति आफू प्रशंसक रहेको बताउनुभयो । वरिष्ठ संगीतकार राजु सिंहले गीताका हरेक सिर्जनालाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उहाँको एउटा गीतमा आफूले पनि संगीत गरिरहेकोे जानकारी गराउनुभयो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले गीता अधिकारी अनेसासको आजीवन सदस्य रहेको बताउँदै साहित्यिक यात्रामा उहाँको योगदानको चर्चा गर्नुभयो ।
गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सञ्चारकर्ममा जस्तै गीतकारका रूपमा पनि गीता अधिकारी सशक्त र अब्बल रहेको धारणा व्यक्त गर्नुभयो । प्रमुख अतिथि अमर वान्तुले गीताका यसअघि प्रकाशित कृतिहरू अध्ययन गरेको बताउँदै गीतकारका रूपमा उहाँको शब्द चयन र भाव अभिव्यक्ति विशेष रहेको उल्लेख गर्नुभयो ।
एल्बमकी स्रष्टा गीता अधिकारीले सानैदेखि गीतसंगीत र साहित्यप्रति गहिरो रुचि रहेको बताउँदै पछिल्लो समय आफ्नो जन्मदिनमा कृति सार्वजनिक गर्ने परम्परा सुरु गरेको जानकारी दिनुभयो । आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
सभापतिको आसनबाट बोल्दै महाकाव्यकार खेमनाथ दाहालले गीताका यसअघिका दुई पुस्तकमा आफूले भूमिका लेखेको स्मरण गर्दै उहाँका कर्म र सिर्जनशीलता अनुकरणीय रहेको धारणा राख्नुभयो ।
बिहीबार लोकार्पण गरिएको एल्बममा ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, तीजैमा व्रत बसी’, ‘श्वास फेरि’ ‘छम छम नाचौन’, ‘कति सजिलै’ र ‘माटोको सुगन्ध’ जस्ता सात गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा सारिका घिमिरे, योगशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर रहेको छ । यस्तै दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माको संगीत रहेको छ ।
एल्वम लोकार्पण समारोहमा केक काटेर स्रष्टा गीता अधिकारीको जन्मोत्सव पनि मनाइएको थियो । समारोहमा गायक चेतन राई, रमेश पाठक, कलाकार÷मोडल कृष्ण रसाल, शिला गजुरेल, गायकरसंगीतकार सागर अधिकारी ‘शरद’, पत्रकार तुलसी गिरी ‘भावुक’, किशन अर्याल, रिना श्रेष्ठ, प्रवीन किरात, ट्याटु आर्टिष्ट सुनिता कुँवर, मोहमद जलिम, सुरेन्द्र थापा ‘स्माइल’लगायतका व्यक्तित्वको विशेष उपस्थिति रहेको थियो ।
एल्बम लोकार्पण समारोहकै क्रममा केक काटेर स्रष्टा गीता अधिकारीको जन्मोत्सव पनि मनाइएको थियो । कार्यक्रममा गायक चेतन राई, रमेश पाठक, साहित्यकार शैलेन्द्र चापागाईं, कलाकार तथा मोडल कृष्ण रसाल, शिला गजुरेल, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, पत्रकार तुलसी गिरी ‘भावुक’, किशन अर्याल, रिना श्रेष्ठ, प्रवीन किरात, ट्याटु आर्टिष्ट सुनिता कुँवर, मोहमद जलिम, सुरेन्द्र थापा ‘स्माइल’लगायत गीतसंगीत, साहित्य, संगीत र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij