Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

हामी भ्रममा छौ, किशोरकिशोरी र युवालाई मदिराले केही बिगादैन ।

हामी भ्रममा छौ, किशोरकिशोरी र युवालाई मदिराले केही बिगादैन ।

मदिराले किशोरकिशोरी र युवालाई बिगादैन भन्ने धारणा बनाउनु पूर्णरुपमा गलत हो । मदिराले किरोरकिशोरी र युवाको स्वास्थ्य, शिक्षा र भविष्यमा गम्भिर असंर पार्ने हुँदा “मदिराले केही बिगादैन” भन्ने भनाई बैज्ञानिक, सामाजिक र कानुनी रुपमा पूर्ण रुपमा गलत सावित भएको छ । जसको लागि निम्न तथ्यहरुले पुष्टी गर्दछ ।

मस्तिष्क विकासमा असरः
किशोरकिशोरी र युवाको मस्तिष्क अझै विकासको चरणमा हुन्छ । मदिराको सेवनले मस्तिष्कको सोच्ने क्षमता, सम्झने शक्ति र निर्णय गर्ने क्षमतामा गम्भीर असंर पार्न सक्छ ।

लत लाग्ने सम्भावना बढीः
कम उमेर मै मदिरा सेवन गर्नेहरुमा भविष्यमा मदिराको लत लाग्ने सम्भावना धेरै हुन्छ ।

शारीरिक र मानसिक स्वास्थ्यमा असरः
मदिराले कलेजो, मुटु, मिर्गोला लगायतका अंगमा असर गर्छ । साथै मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर जस्तै डिप्रेसन, चिन्ता, आत्महत्याको जोखीम आदी ।

शैक्षिक उन्नतीमा समस्याः
नियमित रुपमा मदिरा सेवन गर्ने किशोरकिशोरीहरुले विद्यालयमा कमजोर प्रर्दशन गर्ने, पढाइबाट टाढिनेजस्ता समस्या भोग्ने सम्भावना बढी हुन्छ ।

दुर्घटना र हिंसाको जोखिमः
मदिराले नियन्त्रण क्षमतामा असर गर्ने भएकोले युवाहरु दुर्घटना, झैझगडा, यौन दुव्र्यवहार र हिंंसाको शिकार हुने सम्भावना बढ्नु ।

कानूनी रुपले पनि निषेधः
अधिकांश देशहरुमा १८ बर्षभन्दा कम उमेरका व्यक्तिले मदिरा खरिद र सेवन गर्न पाउने कानूनी अनुमति छैन । नेपालमा पनि कानूनले मदिरा सेवनमा उमेर हद तोकेको छ ।
साभारः मदिरा र समाज

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार