नेपाल सम्वत् ११४६, सिल्लाथ्व ६, पञ्चमी (१० माघ, २०८२, २४ जनवरी, २०२६) शनिवार, बाँपिझ्याला । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’को छायाङ्कन सकिएको छ । नायिका पूजा शर्माको आइटम डान्स ‘क्या राम्री’ चोभारमा छायाङ्कन गर्दै फिल्म सकिएको हो । फिल्मको छायाङ्कन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए ।
आशिष अविरलको संगीतमा तयार भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । आशिष अविरल र मेलिना राईका स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द छ । यो गीत आफूलाई सुन्ने बित्तिकै मन परेकाले काम गरेको नायिका शर्माले बताइन् ।
बिहेपश्चात पूजाले यही फिल्मको गीतमा पहिलो पटक काम गरेकी हुन् । करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको पूजाको तर्क थियो । यो गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन छ ।
यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरको मुख्य भूमिका छ । यस्तै, यो फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको भूमिकामा छन् ।
निसाल पौडेलको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
यो फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले निकै मन पराएका छन् । फिल्म देवता र राक्षसको कथा भन्छ । यो गीत केही समयपछि नै सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij