Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

प्राचिन शहर दोलखामा पुर्खाको चिनो जोगाउँदै मनेश्वरी तिलिञ्चोमा बनभोज

प्राचिन शहर दोलखामा पुर्खाको चिनो जोगाउँदै मनेश्वरी तिलिञ्चोमा बनभोज

नेपाल सम्वत् ११४६, सिल्लाथ्व ५, पञ्चमी (९ माघ, २०८२, २३ जनवरी, २०२६) शुक्रबार, बाँपिझ्याला, दोलखा । आज बसन्त पञ्चमी अर्थात श्री पञ्चमी को पावन अवसरमा प्राचिन शहरका स्थानिय दोलखावासीको आयोजनमा बनभोज सम्पन्न गरिएको छ । 

भीमेश्वर नगरपालीका वडा नं. २ मनेश्वरी स्थित सरस्वती मन्दिरसँग जोडिएको दोलखावासी ऐतिहासिक परम्परागत बनभोज आजबाट पुनः जिवीत भएको छ । 

परापूर्वकालदेखि संचालनमा आएको यस बनभोज केही बर्ष अगाडीदेखि बन्द भएको भएपनी यस बर्षदेखि मनेश्वरी तिलिन्चोकमा पुर्खाहरू बनभोजले पुनः जीवित भएको दोलखाका युवा समाजसेवी व्यवसायी अजय प्रधान बताउनु हुन्छ ।

नेवार जातीकोे उद्गमस्थल भन्ने मान्यता रहेको दोलखाका नेवार समुदायले आफ्ना पुर्खाले आर्जेको कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै पुनः अघि बढेको समेत समेत समाजसेवी प्रधानले बताउनु भयो ।

श्री स्वस्थानी ब्रतकथा संगै बिहान बिहान माधवनारायणको भजन किर्तनमा सहभागी दोलखाली दाजुभाई, दिदीबहीनीहरुको विशेष सहभागीतामा सम्पन्न उक्त बनभोजको आफ्नै मौलिकता र परम्परा रहेको संस्कृती प्रेमी भगवानदास श्रेष्ठ बताउनु हुन्छ । बनभोज संगै स्थानिय वासिन्दाहरुले नाचगाज गरी भव्य रुपमा मनाएको उहाँले बताउनु भयो । 

साथै यस कार्यको लागि श्री स्वस्थनी ब्रतकथाको प्रारम्भ संगै माधवनारायणको भजन किर्जनको शुरुसंगै हालसम्म निरन्तर प्रत्यक्ष प्रसारणमा सहयोग गरिरहेको बाँपिझ्याला डटकम र सह–सम्पादकको युवा समाजसेवी अजय प्रधानको विशेष संयोजनले दोलखावासीहरुको सहयोग र अपार माया पाएकोमा खुसी व्यक्त गर्नु हुदै हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

यसै गरी पुर्खाको चिनो, दोलखाको पहिचान जोगाइराख्न निरन्तर लागिपरेका सम्पूर्ण दोलखाबासीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार