नेपाल सम्वत् ११४६, प्वहेलागाः १२ द्वादशी (१ माघ, २०८२, १५ जनवरी, २०२६) बिहीबार, बाँपिझ्याला । माघे सङ्क्रान्तिको अवसरमा धनकुटाको मुगामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको छ ।
प्रगतिसिल सेवा समाजको आयोजनामा धनकुटाको पाख्रीवास नगरपालिका–७ मुगामा हरेक वर्ष माघे संक्रान्तिमा साँढे जुधाइ प्रतियोगिता आयोजना हुँदै आएको छ। विगत वर्षमा जस्तै माघ १ गते मुगाको गजे गैरीमा साँढे जुधाइ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतिगोगितामा सहभागी गराउन जिल्लाका विभिन्न स्थान बाट ९ हल गोरु गजे गौरी पुर्याइएको छ। त्यस्तै पन्जा लडाइँ प्रतियोगिता समेत आयोजना गरिएको छ । गोरु जुधाइ प्रतियोगिताको पहिलो पुरस्कार ३० हजार रुपियाँ राखिएको छ।
गोरु जुधाइलाई स्थानीय संस्कृति, पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको आयोजक गोपाल बराइलीले जानकारी दिनु भयो। त्यस्तै माघे सङ्क्रान्तिको अवसरमा धनकुटा हिलेमा बृहत् सांस्कृति कार्यक्रम समेत आयोजना गरिएको हो ।
जिल्ला मगर सघको आयोजनामा बर्सेनी हिलेमा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij