नेपाल सम्वत् ११४६, प्वहेलागाः १२ द्वादशी (१ माघ, २०८२, १५ जनवरी, २०२६) बिहीबार, बाँपिझ्याला । थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू एवं मगर, छन्त्याल लगायत अन्य समुदायहरूले हर्षोल्लासका साथ मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सयोजक पुष्पकमल दहाल “प्रचण्ड” ले शुभकामना व्यक्त गर्नु हुर्दैै बिज्ञप्ती जारी गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ, माघी र माघे संक्रान्ति हाम्रो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजका जीवन्त पहिचान हुन्। यी पर्वहरूले विविधताभित्र एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश बोकेका छन्। उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाँदा जस्तै, हाम्रो राष्ट्रिय जीवनमा पनि अन्धकार हटोस्, उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु होस् ।
आज तराईका मैदानदेखि पहाड र हिमालसम्मका नेपालीहरू परिवारजनसँगै बसेर खिचडी, घिउ, चाकु, तरकारीका स्वादिष्ट परिकारहरू साटासाट गर्दै, सुख–दुःख बाँड्दै यो चाड मनाइरहनुभएको छ। यो आपसी आत्मीयता, एकता र सामूहिकताले नै हाम्रो समाजलाई थप सुदृढ र बलियो बनाउँछ।
यो अवसरले हामीलाई अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न प्रेरित गर्नेछ। उपलब्धिहरूको रक्षा गर्दै संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न हामी सबै मिलेर अघि बढौँ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij