नेपाल सम्वत् ११४६, प्वहेलागाः ११ दशमी (३० पौष, २०८२, १४ जनवरी, २०२६) बुधबार, बाँपिझ्याला । बिहीबार प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ प्रिमिएर गरिएको छ । मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मकर्मी, रंगपत्रकारलगायतको उपस्थितिमा फिल्म प्रिमिएर गरिएको हो । प्रिमियरमा फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ नेवारी पोसाकमा पुग्दा अभिनेता सौगात मल्ल नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवालमा ठाँटिएर आएका थिए ।
अभिनेत्री पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतको समेत उपस्थिति रहेको कार्यक्रममा निर्देशक निगम श्रेष्ठ, निर्माताहरू ऋमित श्रेष्ठ, महेश लामिछाने र सहनिर्माता शुभेच्छा पौडेल पनि सहभागी थिए ।
प्रिमियरमा सहभागीले अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको प्रशंसा गरेका थिए । कतिपयले ‘भाइरल गोर्खे’ले सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई राम्रोसँग व्यङ्ग्य गरेको बताए ।
अभिनेत्री पूजा शर्माले ‘भाइरल गोर्खे’ मनोरञ्जनसहित सन्देशमुलक फिल्म भएको बताइन् । चर्चित भ्लगर तथा मोडल सिसन बानियाँले पनि ‘भाइरल गोर्खे’ हेरेर आनन्द मिलेको बताए । फिल्म हेरेर हलबाट निस्कँदै गर्दा मिडियासँग उनले भने, ‘पछिल्लो समय नेपालमा भाइरल बन्ने ट्रेण्ड प्रचलनमा रहेकाले त्यसमाथी सुन्दर फिल्म बनेको रहेछ ।
अभिनेता सौगात र अभिनेत्री सृष्टि श्रेष्ठले प्रिमियरको प्रतिक्रियाले उत्साहित बनाएको बताए । ‘मैले फिल्मका लागि निकै मेहनत गरेको थिए । आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ’, अभिनेत्री श्रेष्ठले भनिन् ‘अव दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ ।’ फिल्ममा दर्शकको राम्रो साथ मिल्छ भन्नेमा आशावादी रहेको उनले सुनाइन् ।
निर्देशक निगम श्रेष्ठ पनि प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेपछि प्रशन्न मुद्रामा देखिएका थिए । ‘मैले सक्दो मेहनत गरेको छु । आज तपाईँहरूलाई मन पर्यो । दर्शकलाई पनि मन पर्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिको अलवा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पविको अभिनय छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ्ग कुँवर फिल्मका निर्माता हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij