Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बुद्ध एयरको भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजको आपत्कालीन ढोका खोल्दा ढिलाई

बुद्ध एयरको भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजको आपत्कालीन ढोका खोल्दा ढिलाई

नेपाल सम्वत् ११४६, प्वहेलागाः ११ दशमी (३० पौष, २०८२, १४ जनवरी, २०२६) बुधबार, बाँपिझ्याला ।  बुद्ध एयरको भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजको आपत्कालीन ढोका यात्रुले खोल्दा उडानमा ढिलाइ भएको छ। 

बुद्ध एयरका अनुसार उडान नम्बर ८५२ ९९एन एएमडी०को ढोका यात्रु सुमन गौतमले खोलेका हुन्। सोही कारण उडानमा ढिलाइ हुनपुगेको थियो। उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

हवाइ सुरक्षा मापदण्डअनुसार जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ। पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ।

‘नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार विमानको आपतकालीन ढोका विना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ’, कम्पनीले भनेको छ। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार