नेपाल सम्वत् ११४६, प्वहेलागाः ७ अष्ठमी (२७ पौष, २०८२, ११ जनवरी, २०२६) आईतबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–४ नम्बर वडाको आयोजनामा वडास्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
वडाभित्रका विभिन्न टोल तथा टिमहरूको सहभागितामा सञ्चालन गरिएको प्रतियोगितामा खेलाडीहरूले प्रतिस्पर्धात्मक र अनुशासित खेल प्रदर्शन गरेका थिए। प्रतियोगिताले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै सामाजिक सद्भाव बढाएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार रुपैयाँ, द्वितीय हुने टिमले १५ हजार रुपैयाँ र तृतीय हुने टिमले ७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । यसै गरी विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडिमा सागर श्रेष्ठ, उत्कृष्ट सेटर मोहन श्रेष्ठ, उत्कृष्ट स्पाइकर कुशल चौलागाइ, उत्कृष्ट डिफेन्डर कृष श्रेष्ठ तथा उत्कृष्ट टिमलाई समेत विशेष पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रम वडा नं. ४ का वडाध्यक्ष तारानाथ चौलागाइको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) सदस्य मेनुका चौलागाईं विशेष अतिथिका रूपमा उपस्थित थिइन्।
यसै गरी अतिथीहरुमा कार्यपालिका सदस्य गोर बहादुर सार्कि, वडा सदस्य कृष्णकुमार श्रेष्ठ साथै समाजसेबि बिष्णु श्रेष्ठ, जेस्ठ नागरिक तेज बहादुर श्रेष्ठ तथा स्थानीय सघ सस्थाका प्रतिनिथिहरु, सहकारी सस्थाका श्रवण चौलागाइ, गुठि सस्थान अध्यक्ष दिल बहादुर श्रेष्ठ साथै खेलप्रेमीहरू दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडाध्यक्ष तारानाथ चौलागाईंका अनुसार यस्ता खेलकुद कार्यक्रमले युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने विश्वास लिइएको छ । आगामि दिनमा पनि यस्ता खेलकुद प्रतियोगिताले निरन्तरता पाउने पनि बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij