नेपाल सम्वत् ११४६, प्वहेलागाः ७ अष्ठमी (२७ पौष, २०८२, ११ जनवरी, २०२६) आईतबार, बाँपिझ्याला । भीमपुस्तकालय दोलखाको ५८ औं स्थापना दिवस तथा सामूदायिक सूचना केन्द्र उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।
भीमपुस्तकालय व्यवस्थापन समितीका अध्यक्ष युवा समाजसेवी रत्नबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त स्थापना दिवसमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी विशिष्ठ अतिथीमा गौरीशंकर पुस्तकालय चरिकोट दोलखाका अध्यक्ष कृष्ण बस्नेतको उपस्थिती रहेको थियो ।
कार्यसमिती सदस्य भक्तलाल श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशिष्ठ अतिथी, अतिथी तथा शुभचिन्तक आमन्त्रीत दोलखावासीलाई व्यवस्थापन समितिको तर्फबाट सदस्य समाजसेवी विरशंकर शाहीले स्वागत भाषण द्वारा स्वागत गर्नु भएको थियो ।
आर्थिक प्रतिवेदन कोषाध्यक्ष कुमारी जोशी चाकुबजीले प्रस्तुत गर्नु भएको थियो ।
५८ औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथी स्टालिन श्रेष्ठ, विशिष्ठ अतिथी कृष्ण बस्नेत र पुस्तकालयको ईतिहासबारे समाजसेवी हर्कबहादुर श्रेष्ठले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
पुस्तकालयलाई विशेष सहयोग गर्नु हुने जेष्ठ नागरिक देवकुमारी श्रेष्ठ, चन्द्रदास जोशी र पञ्चकुमारी जोशीलाई दोसल्ला ओडाई प्रशंसापत्र सहीत सम्मान गरिएको छ ।
यसै गरी स्थानिय समाजसेवीहरुलाई सम्मान गरिएको छ । जसमा अजय प्रधान, विरशंकर शाही, रामशरण श्रेष्ठ, तीर्थबहादुर जोशी, शेरबहादुर थापा, पार्वति श्रेष्ठ, भगवानदास श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, बुद्धिबहादुर श्रेष्ठ, पद्मा प्रधान र स्टालिन श्रेष्ठ रहेका छन् ।
यसै गरी निवन्ध लेखनमा पहिला हुनेमा सोनीया शाही, कक्षा –८ भीमावि, दोश्रा हुनेमा पे्रनिका बुढाथोकी, कक्षा–७, भीमावि, तेस्रा हुनेमा उषा सुवेदी कक्षा ७, त्रिपुरा सुन्दरी आधारभुत विद्यालय, राम्पा रहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij