नेपाल सम्वत् ११४६, प्वहेलागाः ५ षष्ठी (२५ पौष, २०८२, ९ जनवरी, २०२६) शुक्रबार, बाँपिझ्याला । अभयपुर बचत तथा ऋण सहकारी संस्था लि. को १६औं बाषिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी पूर्व अध्यक्ष मेघनाथ न्यौपानज्यूको उपस्थिती रहेको थियो ।
यसै गरी अतिथीहरुमा पूर्व कार्यसमिती पदाधिकारी तथा सदस्यज्यूहरु एवं सल्लाहकार समाजसेवी भल्ला मास्के, सल्लाहकार प्राध्यापक अमन श्रेष्ठ, सल्लाहकार मित्र शर्मा, युवा समाजसेवी निवर्तमान कोषाध्यक्ष उपेन्द्र प्रधान, द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष अन्नपूर्ण श्रेष्ठको उपस्थिती थियो ।

सञ्चालक समिति सचिव कलावती श्रेष्ठले संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथी, अतिथी, शेयरधनी सदस्यहरु र शुभचिन्तक महानुभावहरुलाई संस्थाको तर्फबाट उपाध्यक्ष युवा समाजसेवी शान्त श्रेष्ठले स्वागत भाषणद्वारा स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथी मेघनाथ न्यौपानेले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा सल्लाहकार भल्ला मास्के, प्रा.अमन श्रेष्ठ, सल्लाहकार मित्र शर्मा, युवा समाजसेवी निवर्तमान कोषाध्यक्ष उपेन्द्र प्रधान र द्वाल्खा म्यासमुचा खलकको अध्यक्ष अन्नपूर्ण श्रेष्ठले आ–आफ्नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएका थियो ।
यसै गरी उत्कृष्ठ बचतकर्ता श्री अनिलकुमार कडेल, उत्कृष्ठ ऋणी श्री लखरजिया देवी गुदिनलाई माया चिनोबाट सम्मान गरिएको थियो ।
२०८१ को एसईई परिक्षामा शेयर धनी सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ठ अङ्क ल्याउने शेयर सदस्य श्री रमिता महर्जन श्रेष्ठका सुपुत्री रिया श्रेष्ठ र शेयर सदस्य मुकेश श्रेष्ठका सुपुत्र विराज श्रेष्ठलाई नगद तथा मायाको चिनोबाट सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरि सम्मान गरिएको छ ।
सचिव कलावती श्रेष्ठले पेश गर्नु भएको प्रगती विवरण तथा प्रस्तावित विवरण सर्वसम्मतीले पास गरियो । साथै कोषाध्यक्ष लक्ष्मण श्रेष्ठले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पास गरिएको छ ।
अन्तमा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, शेयर सदस्यज्यूहरु लगायत सम्पूर्ण शुभचिन्तक महानुभावमा कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा विशेष धन्यवाद दिनु हुदै अध्यक्ष हेमराज श्रेष्ठबाट कार्यक्रम समापन गर्नु भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij