नेपाल सम्वत् ११४६, प्वहेलागाः २ द्वितिया (२१ पौष, २०८२, ५ जनवरी, २०२६) सोमबार, बाँपिझ्याला । फिल्म हिट होस् वा फ्लप। अभिनेता सौगात मल्ललाई खासै फरक पर्दैन। किनकि उनलाई कहिल्यै पनि फिल्मको कमी हुँदैन। उनी बाह्रैमहिना फिल्ममै व्यस्त हुन्छन्। त्यसैले त सिनेवृत्तमा फिल्म फ्लप भए पनि सौगात सधैं हिट भन्ने भाष्य छ।
उनै सौगातको मुख्य भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’ माघ १ गते रिलिज हुँदै छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको छ।पत्रकार सम्मेलनमा सौगातलाई सिनेमा नचले पनि बाह्रै महिना व्यस्थता रहेकोबारे प्रश्न गरिएको थियो। जवाफमा सौगातले आफू मेहनेत गर्ने भएकाले फिल्म निर्माताको रोजाइमा पर्ने बताए।
‘मलाई के लाग्छ भने मैले आफ्नो काम राम्रोसँग गरेर होला१ सिधैं भन्दा त्यही नै हो। निर्माताहरूलाई धन्यवाद भन्छु। उहाँहरूले यसले पैसा कमाउँदैन, त्यही पनि यसैलाई लिन्छु भन्नुहुन्छ। कति खतरा कुरा हो,’ उनले थपे, ‘मान्छेले मेहनत गर्ने मान्छे खोजिरहेको जस्तो लाग्छ। जसले आफ्नो काममा मेहनेत गर्छ। उसले गर्न सकेन भने म गर्छु। मेरो फिल्ममा फिट हुन्छ कि भनेर उहाँहरूले बारम्बार खोज्नुहुन्छ।’
यस फिल्मले टिकटक तथा सामाजिक सञ्जालमा भाइरल हुने होडको प्रवृतिमाथि व्यङ्ग्य गर्छ। ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ लाई निर्देशन गरेका हुन्।
यस फिल्ममा सौगातसँगै सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij