Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

नेगल निवासि दिवंगत जयन्ती दर्जीप्रति नेकपा दोलखाका नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

नेगल निवासि दिवंगत जयन्ती दर्जीप्रति नेकपा दोलखाका नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १० दशमी (१५ पौष, २०८२, ३० डिसेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला, दोलखा । नेपाली कम्युनिस्ट पार्टी  दोलखाको आयोजनामा दिवंगत जयन्ती दर्जीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ।

भीमेश्वर नगरपालिका वडा नं. २ नेगल मगर टोल निवासी नेपाली कम्युनिष्ट पार्टी  दोलखा कार्यालय सहयोगि सुरेस नेपाली, पार्टी सदस्यहरु सजन परियार, सुमन परियार र सुस्मिता परियारका माता दिवंगत जयन्ती दर्जीको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य राष्ट्रिय सभा सदस्य माननीय घनश्याम रिजाल, पार्टी जिल्ला सचिव भीम बहादुर श्रेष्ठ तथा भीमेश्वर नगर सचिव अजय प्रधान सहितको टोलीले शोकसन्तप्त परिवारलाई नेगल स्थित निवासमा भेट गरी दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

उपस्थित नेताहरूले दिवंगत जयन्ती दर्जीको असामयिक निधनले परिवार मात्र नभई समाज र पार्टी पंक्तिमा समेत अपूरणीय क्षति पुगेको बताउँदै दुःखको यस घडीमा परिवारसँग पार्टी सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा आफन्तहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार