नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १० दशमी (१५ पौष, २०८२, ३० डिसेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । गुरुङ समुदायको महान् चाड तथा नयाँ वर्ष तमु ल्होसारु को अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज यो पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।
ल्हो को अर्थ वर्षु र सारको अर्थ फेरिनुु हुने भएकाले वर्ष फेरिने यस दिनलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यताका साथ मनाउने गर्दछन्। यो पर्व विशेष गरी सूर्यको किरणसँग सम्बन्धित छ। पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र यसपछि क्रमशः दिन लम्बिँदै जाने भएकाले यसको प्राकृतिक एवं सांस्कृतिक महत्त्व रहेको छ।
ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक महोत्सवको आयोजना गरेका छन्। महोत्सवमा परम्परागत वेषभूषामा सजिएका मानिसहरूको सांस्कृतिक झाँकी, मौलिक नाच र विशेष परिकारहरूको प्रदर्शनी भइरहेको छ।
ल्होसारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै यस पर्वले आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij