नेपाल सम्वत् ११४६ प्वहेलाथ्वः ५ (१० पौष, २०८२, २५ डिसेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाको आयोजनामा आज १ दिने कृषि मेला सिंगटीमा सम्पन्न भएको छ । गौरीशंकर गाउँपालीका, बिगु गाउँपालीका र कालिञ्चोक गाउँपालीकाका किसानहरु उक्त मेलामा सहभागी भएका थिए । यसरी सहभागी कृषकहरु मध्ये उत्कृष्ठ कृषकहरु नगदरासी सहीत स–सम्मान पुरस्कृत भएका छन् ।
यसरी दोलखा उद्योग बाणिज्य संघ सिंगटी दोलखाको आयोजना, कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालीकाको समन्वय, स्थानिय कृषि सहकारी संस्थाहरुको सह–आयोजना, उद्योग तथा बाणिज्य कार्यालय दोलखा एवं ग्रामीण विकास टुकी संघ दोलखा र सिविन नेपालको सहयोग रहेको थियो ।
दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाको अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त प्रर्दशनीमा कालिञ्चोक गाउँपालीकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी विशेष अतिथीहरुमा बिगु गाउँपालीका –४ का वडाध्यक्ष रामचन्द्र खड्का, कालिञ्चोक गाउँपालीका वडा नं. ३ का वडाध्यक्ष दलबहादुर तमाङ, वडा नं. ४ का वडाध्यक्ष दिपक खुलाल, विगु गाउँपालीका शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठ, उद्योग तथा बाणिज्य कार्यालय चरिकोट दोलखाका प्रमुख भाष्कर ढुंगानाको उपस्थिती रहेको थियो ।
यसै गरी अतिथीहरुमा ईलाका प्रशासन कार्यालय सिंगटीका प्रमुख भरतदास, ईलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख विष्णुहरी फुयाल लगायत विद्यालय प्रधानध्यापक, संघ–संस्था प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी र स्थानिय कृषकहरुको व्यापक सहभागीता रहेको थियो ।
सहयोगी संस्था सिविन नेपालको तर्फबाट अध्यक्ष माधवनारायण प्रधान, कार्यकारी निर्देशक कुमार भट्टराई, ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाको तर्फबाट अध्यक्ष जय प्रसाद दहाल, कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठ, अनुगमन तथा मुल्याङ्कन अधिकृत श्याम दहाल, कृषि विज्ञ रामचन्द्र श्रेष्ठ, लेखापाल दिपा कार्की लगायत बिभिन्न क्षेत्रका कार्यरत प्राविधिक र फिल्ड उत्प्रेरक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
आमन्त्रीत प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुले प्रर्दशनीको सफलताको कामना व्यक्त गदै आ–आफ्नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मेलामा सहभागी कृषकहरुको उत्पादनको मुल्याङ्कनको लागि एक मुल्याङ्कन समिती गठन गरिएको थियो । यसरी मुल्याङ्कन समितीको मुल्याङ्कनको आधारमा तरकार, फलफुल र दुग्ध व्यवसायमा उत्कृष्ण कृषकहरुलाई नगदरासी सहीत स–सम्मान पुरस्कृत गरिएको छ ।
“उत्पादनलाई प्रोत्साहन दिऔं, कृषि विकासलाई अघि बढाऔं” “माटो परिक्षण गरौं, कृषि उत्पादन बढाऔं” मुलनाराका साथ आज गरिएको कृषि मेलामा तरकारी, फलफुल र दुग्धजन्य पदार्थहरु प्रर्दशनीमा राखिएको थिए । जसमा कालिञ्चोक गाउँपालीकाका कृषकहरु धेरैजसो त्यसपछी गौरीशंकर गाउँपालीकाका कृषक र बिगुगाउँपालीकाका कृषकहरुको सहभागीता रहेको थियो ।

सहभागी कृषकहरु मध्ये तिन विधामा कृषकले उत्कृष्ठता हासिल गरेका थिए । जसमा सम्मानित हुने कृषकहरु फलफुल तर्फ पहिलो हुने गौरीशंकर गाउँपालीका वडा नं. ८, खारेका विश्वनाथ खड्का, दोश्रो हुनेमा कालिञ्चोक गाउँपालीका वडा नं. १ क्याम्पोल स्थित साना किसान कृषि सहकारीका दिपजंग र तेस्रो हुनेमा कालिञ्चोक गाउँपालीका वडा नं. ३ करमथलीका पार्वती पाण्डे रहेकी छिन् ।
यसैगरी तरकारी बाली तर्फ पहिलो हुनेमा बिगु गाउँपालीका वडा नं. ८ खोपाचागुका सुखमान थामी, दोश्रो हुनेमा विगु गाउँपालीका वडा नं. ४ लादुकका दिपेश ठकुरी र तेस्रो हुनेमा कालिञ्चोक गाउँपालीका वडा नं. ४ फापरस्वाँराका रामकृष्ण पाठक रहेका छन् ।
दुग्ध पदार्थ तर्फ पहिलो हुनेमा गौरीशंकर गाउँपालीका वडा नं. ४ बगण्डीका रामकृष्ण पाठक, दोश्रो हुनेमा कालिञ्चोक गाउँपालीका वडा नं. ३ डाँडागाउँका प्रेममाया खड्का र तेस्रो हुनेमा गौरीशंकर गाउँपालीका वडा नं. ८ खारेका विश्वनाथ खड्का रहेका छन् ।
यसरी तिन विधामा पहिलो, दोश्रो र तेस्रो हुने उत्कृष्ठ कृषकहरुलाई नगदरासी ७ हजार, ४ हजार र ३ हजार सहीत सम्मानपत्रद्वारा स–सम्मान गरिएको थियो ।
धेरै बर्षपछी दोलखा उद्योग बाणिज्य संघ सिंगटी दोलखाको आयोजना, सिविन नेपाल र टुकी संघ दोलखाको सहयोगमा सञ्चालित यस प्रकारको कृषि मेलाले स्थानिय तिन गाउँपालीकाको कृषि उत्पादनमा सहभागी कृषकहरुललाई कृषि उत्पादन प्रवद्र्नमा सहयोग पुगेकोमामा सहभागी कृषकहरु खुसी व्यक्त गदै आगामी दिनमा पनी यस प्रकारको कार्यक्रमहरुको अपेक्षा गरिएको भनाई राखेका थिए ।
अन्तमा, मेलामा ल्याईएका तरकारी, फलफुल र दुग्धजन्य पदार्थहरु प्रर्दशनीमा आउने महानुभावहरुलाई विक्री गरिएको थियो । यसै गरी सहभागी, सहयोगीहरुलाई आयोजक संस्था दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाले मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij