नेपाल सम्वत् ११४६ प्वहेलाथ्वः ४ (०९ पौष, २०८२, २४ डिसेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । सिविन नेपाल र ग्रामिण विकास टुकि सघ चरिकोट, दोलखाको आयोजनामा मदिराको हानीकारक प्रयोग र नियमनमा सामुदायिक स्तरका असल अभ्यासहरू पुस्तक “मदिरा र समाज” नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ ।
बिगु गाउँपालीका वडा नं. ४ सिंगटीमा सार्वजनिक गरिएको उक्त पुस्तक विमोचन कार्यक्रम सिवीन नेपालको अध्यक्ष माधबनारायण प्रधान तथा ग्रामीण विकास टुकी संघ दोलखाका अध्यक्ष जय प्रसाद दाहलको अध्यक्षतामा सम्पन्न गरिएको हो ।
यसरी सम्पन्न उक्त पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथी बिगु गाउँपालीकाका अध्यक्ष सञ्जीव ओली, विशेष अतिथिहरुमा बिगु गाउँपालिका उपाध्यक्ष देविका थामी, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकीको आतिथ्यता रहेको थियो ।
यसै गरी अतिथीहरुमा कालिञ्चोक गाउँपालिका वडा नं १ पुर्व वडाध्यक्ष पदम बहादुर थामी, वडा नं २ का वडाध्यक्ष हेम बहादुर पाण्डे, वडा नं ३ का वडाध्यक्ष दल बहादुर तामाङ, वडा नं ४ का वडाध्यक्ष दिपक खुलाल र बिगुगाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामचन्द्र खड्का, वडा नं ६ का वडाध्यक्ष टहल थामी, वडा नं ७ का वडाध्यक्ष दल बहादुर श्रेष्ठको उपस्थिती रहेको थियो ।
ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठले स्वागत मन्तव्यबाट उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी र उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।
यसै गरी विमोचन गरिएको “पुस्तक र मदिरा” पुस्तक र परियोजनाको बारेमा सिविन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईले प्रकाश पार्नु भएको थियो भने मन्तव्य व्यक्त गर्नेहरुमा बिगुगाउँपालीका अध्यक्ष संजिव ओली, कालिञ्चोक गाउँपालीका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, सिविन नेपालका तर्फबाट अध्यक्ष माधवनारायण प्रधान, कार्यक्रम अधिकृत धुर्व गौतम, ईलाका प्रहरी निरीक्षक बिष्णुहरी फुयाल, बिगुगाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामचन्द्र खड्का स्थानियको तर्फबाट विपना नेपाली, प्रकाश थामी रहेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij