नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः २ द्वितिया (७ पौष, २०८२, २२ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीत ‘मिरमिरे भो’ मा प्रकाश सपुत र मेलिना राईको स्वर छ।
सार्वजनिक गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ। गीतमा युवा र युवतीबीचको प्रेम छ। एकले अर्कोलाई देखेपछिको आकर्षण छ। सुन्दरताले मोहित पारेको कथा गीतमा छ। युवकको हेराईले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान गीतमा सुन्न सकिन्छ ।
गीतको भिडिओमा मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु छन्। यो गीतको भिडिओमा त्रिकोणात्मक प्रेम कथा छ । सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशलाई देखाएको छ।
‘मिरमिरे’मा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरीको पात्र शाइसा गौचनले निभाएकी छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। यो माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij