Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विश्व ध्यान दिवसको अवसरमा ध्यान कार्यक्रम सम्पन्न

विश्व ध्यान दिवसको अवसरमा ध्यान कार्यक्रम सम्पन्न

नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १ प्रतिपदा (६ पौष, २०८२, २१ डिसेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । विश्व ध्यान दिवसको अवसरमा होलिस्टिक माइन्ड्स एण्ड लाइफ सेलिब्रेशन सेन्टर तथा लायन्स क्लब अफ काठमाडौं होलिस्टिक माइन्ड्स को आयोजनामा आइतबार एक विशेष ध्यान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रथम सत्रमा श्रद्धेय प्रीति गुरुमांले ध्यानको महत्वबारे प्रकाश पार्दै  आनापानस्सति तथा विपस्सना ध्यान भावना अभ्यास गराउनुभएको थियो। उहाँले ध्यानले मानसिक शान्ति, आत्म–सजगताको विकास तथा आन्तरिक रूपान्तरणमा पुर्‍याउने प्रभावबारे स्पष्ट रूपमा जानकारी दिनुभयो।

त्यसैगरी दोस्रो सत्रमा रेकी ग्रान्ड मास्टर तथा लाइफ कोच आदर्श प्रधानले तनाव व्यवस्थापन विषयमा प्रकाश पार्दै गहिरो चिकित्सीय ध्यान अभ्यास गराउनुभएको थियो। उहाँले ध्यानमार्फत तनाव, चिन्ता र भावनात्मक असन्तुलन घटाई जीवनमा सन्तुलन र शान्ति ल्याउन सकिने कुरामा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन बिपुला श्रेष्ठले गर्नुभएको हो। उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण Addwaitaa युट्युब च्यानल मार्फत गरिएको थियो। भर्चुअल रूपमा आयोजना गरिएको यस कार्यक्रममा नेपाल, भारत, अमेरिका, जापान र क्यानडालगायत विभिन्न देशबाट सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूमध्ये अमेरिकाबाट रेकी मास्टर शुष्मा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। त्यस्तै रेकी मास्टर तथा एनएलपी कोच मोहन गौतमले कार्यक्रमप्रति आफ्नो सकारात्मक अनुभूति व्यक्त गर्दै शुभकामना प्रदान गर्नुभयो।

कार्यक्रमले ध्यान, मानसिक स्वास्थ्य र चेतनाको महत्वलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक पक्षले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार