नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १ प्रतिपदा (६ पौष, २०८२, २१ डिसेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले सोमबारका लाागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ९१ पैसा र बिक्रीदर १६७ रुपियाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपियाँ ७० पैसा र बिक्रीदर १९१ रुपियाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपियाँ २२ पैसा र बिक्रीदर १७९ रुपियाँ ९७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपियाँ २५ पैसा र बिक्रीदर ९४ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ २८ पैसा र बिक्रीदर १०३ रुपियाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ २४ पैसा र बिक्रीदर ११० रुपियाँ ७० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ०३ पैसा र बिक्रीदर नौ रुपियाँ ०७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ २४ पैसा र बिक्रीदर २० रुपियाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ र बिक्रीदर ३९ रुपियाँ १६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५४ पैसा र बिक्रीदर चार रुपियाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९६ पैसा र बिक्रीदर ३५ रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६६ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३८ पैसा र बिक्रीदर १५ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३४ पैसा र बिक्रीदर २२ रुपियाँ ४४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३२ पैसा र बिक्रीदर १८ रुपियाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपियाँ ९४ पैसा र बिक्रीदर ४६५ रुपियाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ११ पैसा र बिक्रीदर ३७९ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ २३ पैसा र बिक्रीदर ३७१ रुपियाँ ७९ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij