Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चमत्कारहरूको नयाँ कथा

चमत्कारहरूको नयाँ कथा

कहिलेकाहीँ हामी ठूला कुरा पर्खिरहन्छौं, ठूलो सफलता, ठूलो माया, ठूलो चमत्कार। तर कहिल्यै ध्यान दिनुभयो? कहिले अन्तिमपटक बिहानको घाम अनुहारमा परेको महसुस गर्नुभयो? चिया पकाउँदा आएको मसालाको सुवास साँच्चिकै गन्ध लिएर हेर्नुभएको थियो?
हामी जीवनमा दौडिरहन्छौं, तर त्यो जीवन किन दौडिरहेको छ भनेर बिर्सन्छौं।
कृतज्ञता भनेको त्यो सम्झना हो।
जब तपाईं भित्रैबाट भन्न थाल्नुहुन्छ- “वा! म साँच्चै धन्य छु”, तब संसार पनि तपाईंलाई “वा!” भनेर हेर्न थाल्छ।
हामी दिनभर गुनासो गर्न सक्छौं,
इन्टरनेट ढिलो भयो,
चिया चिसो भयो,
कसैले म्यासेज seen मात्र गर्यो।
तर सोच्नुस्,
आज म ब्यूँझिएँ,
मेरो परिवार ठीक छ,
मसँग सास छ, मसँग समय छ।
यति भएन र?
कृतज्ञता त जिन्दगीसँगको साँचो मैत्री हो।
यसले भन्न जान्दछ !
“हे जीवन, म तिमीलाई हेर्छु,
र तिमी जसरी पनि आयौ, म स्वीकार गर्छु।”
त्यो स्वीकार गर्ने बित्तिकै,
जीवनको गति परिवर्तन हुन्छ।
नतिजा आउन सक्छ ढिलो,
तर मनचाहिँ तुरुन्तै हलुका हुन्छ।
मन हलुका भयो भने,
नीलो आकाश फेरि सजिलो देखिन्छ।
अनि त्यही मनले फेरि सिर्जना गर्छ, प्रेम गर्छ,
र एउटा नयाँ संसार बनाउन थाल्छ !
अभाव होइन, आभारबाट।
त्यसैले आज,
चुपचाप बस्नुस् केही मिनेट।
मनमनै भन्नुस्:
“धन्य छु म… जे छु, जहाँ छु, जससँग छु।”
बस यत्ति,
त्यहीँबाट सुरु हुन्छ चमत्कारहरूको नयाँ कथा !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार