Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बालेनको गीत ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा

बालेनको गीत ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा

नेपाल सम्वत् ११४६, थिंलागाः १२ द्वादसी (१ पौष, २०८२, १६ डिसेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । पुस ४ गतेबाट रिलिज हुने फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ‘आम नेपाली बुवा’ गीतले युट्युवमा लोभलाग्दो भ्युज पाएको छ। बालेन शाहको स्वर रहेको यस गीतले गीतले युट्युवमा १४ लाख ५५ हजार भ्युज पाएको छ। 

आइतबार साँझ सार्वजनिक यस गीतलाई रिलिजको २४ घण्टामा १० भ्युज मिलेको थियो। यस र्‍याप गीतलाई दर्शकहरूले अत्याधिक रुचाएका छन्। अधिकांश दर्शकले हालको नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै तारिफ गरिरहेका छन्।


आम नेपाली बुवा’मा र्‍याप सँगै शब्द पनि बालेनको नै छ। आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्‍यापमा समावेश गरिएको छ। भिडिओमा सिनेमाका दृश्यहरू समेटिएको छ।

गीतका शब्द र र्‍यापको कोरसमा समावेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश ‘कुन मन्दिरमा जान्छौ यात्री’ दर्शक तथा श्रोताले  रुचाएका छन्। जसले सिनेमाप्रति दर्शकमा उत्साह पैदा गर्न सफल भएको छ।


गीतले २४ घण्टामा नै १० लाख भ्युज पाएपछि यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले छोटो समयमा दर्शकबाट पाएको यो मायाले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।

अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको यस फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन्। फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए।

यस फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य ९मुन्नी०, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ।

यसै फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार