Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

जिरी माविको ६५ औं बार्षिक उत्सव सम्पन्न

जिरी माविको ६५ औं बार्षिक उत्सव सम्पन्न

नेपाल सम्वत् ११४६, थिंलागाः ८ अष्ठमी (२६ मंसिर, २०८२, १२ डिसेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । दोलखाको जिरी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

जिरी नगरपालिकास्थित जिरी माविको प्राङ्गणमा आज ६५ औं वार्षिकोत्सब मनाइएको हो । वार्षिकोत्सवको उद्घाटन नेपाल सरकार शिक्षा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेलले गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सचिव पौडेलले चीन सरकारको अनुदानमा भव्य भौतिक संरचना निर्माण भएको जिरी मावि देशकै नमुना विद्यालय बन्नु पर्ने बताए ।

कार्यक्रममा जिरी नगरपालिकाका नगरप्रमुख मित्रबहादुर जिरेलले जिरीको मुटुमा रहेको जिरी माविलाई नेपालको ऐतिहासिक विद्यालय बनाउनु पर्नेमा जोड दिएका छन् । उनले जिरी मावि लगायत समग्र जिरीको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उत्कृष्ट नतिजा ल्याउँदै जिरी मावि:

वार्षिक समारोहमा विद्यालयका प्रधानाध्यपक कुमार जिरलले २०२५ सालबाट हालसम्म जिरी मावीबाट १ हजार ९३७ जनाले एसएलसी, ५९२ जनाले एसईई र १ हजार ५१२ जनाले कक्षा १२ उत्तीर्ण गरेको जानकारी दिए ।

प्रधानाध्यापक जिरेलका अनुसार जिरी माविले २०८१ मा सामुदायिक विद्यालयतर्फ सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गरेको छ । यसैगरी कक्षा १२ को परिक्षमा ६९ जना विद्यार्थीहरु सहभागी भएकोमा ६८ जना ९९८.५५ प्रतिशत उत्तीर्ण भएका छन् ।

गत आर्थिक वर्ष जिरी माविले प्रदेश र स्थानीय सरकारबाट २७ लाख २५ हजार ३१२ रुपैैंया प्राप्त गरेको छ । उक्त रकमबाट विद्यालयको घेराबार र रंगरोगन, खानेपानीको मुहान व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ।

संस्था र व्यक्ति सम्मानित:

कार्यक्रममा सहयोगि संघसंस्था तथा व्यक्तिगत दाताहरुलाई सम्मान गरिएको छ भने विद्यालयका उत्कृष्ट शिक्षकहरु सम्मानित भएका छन् । विद्यालयमा स्थापना गरिएका विभिन्न छात्रावृत्तिहरु पनि वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार कार्कीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सब समारोहलाई दोलखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष टिका बहादुर खड्का र पूर्व प्रधानाध्यापक टेक बहादुर जिरेलले मनतव्य राखेका थिए ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुली, जिरी नगरपालिकाका प्रथम नगरप्रमुख टंक बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, प्रमुख प्रशासकिय अधिकृत राजकुमारी खत्री लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार