नेपाल सम्वत् ११४६, थिंलागाः ४ चौठी (२२ मंसिर, २०८२, ०८ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । सुपरहिट बलिउड फिल्म ‘थ्री इडियट्स’ को सिक्वेल बन्ने भएको छ। फिल्म रिलिजको १५ वर्षपछि सिक्वेल बन्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
योसँगै आमिर खान, करीना कपुर खान, आर। माधवन र शर्मन जोशी एकसाथ देखिनेछन्। राजकुमार हिरानीले सिक्वेलको स्क्रिप्ट तयार गरिसकेका छन्।
यस फिल्ममा निर्देशक हिरानीसहित विधु विनोद चोपडा, र आमिर खानको संयुक्त निर्माण रहनेछ। फिल्मको छायांकन भने सन् २०२६ बाट सुरू हुने बताइएको छ।
सिक्वेलको कथा पहिलो भाग जहाँबाट अन्त्य भएको थियो, त्यहीबाट सुरू हुनेछ। दर्शकहरूले रान्चो, फरहान, राजु र पियाको पुरानो आकर्षण हेर्न पाउनेछन्।
सन् २००९ मा रिलिज भएको ‘थ्री इडियट्स’ ले बक्सअफिसमा २ सय करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। योसँगै फिल्मले २ सय करोड क्लबमा पुग्ने पहिलो भारतीय फिल्मको इतिहास रचेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij