नेपाल सम्वत् ११४६, थिंलागाः ३ तृर्तिया (२१ मंसिर, २०८२, ०७ डिसेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । रुपा फाउण्डेशनले पशुपति चौलागाई स्मृति अस्पताल व्यवस्थापन समितीबीच अस्पतालको आकस्मिक कक्ष (भ्mभचनभलअथ च्ययm) निर्माण तथा आवश्यक उपकरण जडान गर्ने विषयमा औपचारिक सम्झौता गरिएको छ ।
सम्झौतामा रुपा फाउण्डेशनको तर्फबाट संस्थापक अध्यक्ष बरिष्ठ इञ्जिनियर आत्मा कृष्ण श्रेष्ठ र पशुपति चौलागाई स्मृति अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवास रिमाल, अस्पताल प्रशासन प्रमुख डा. अचुत पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
दोलखा चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालको आकस्मिक सेवामा सुधार ल्याउने उद्देश्यले गरिएको सम्झौताअनुसार, आकस्मिक कक्षमा आवश्यक पूर्वाधार, एअर कण्डिसन, अक्सिजन वितरण प्रणाली, नर्सिङ स्टेशन टेबल, आपतकालीन कक्ष विभाजन ९एबचतष्तष्यल० लगायतका सामग्री रुपा फाउण्डेशनले आफ्नै खर्चमा उपलब्ध गराउने छ ।
दिवंगत धर्मपत्नी रुपा श्रेष्ठको स्मृतिमा स्थापना गरिएको रुपा फाउण्डेशनमार्फत यसअघि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनुभएको समाजसेवि बरिष्ठ ई.आत्मा कृष्ण श्रेष्ठले मानव सेवाको भावनालाई अझ सशक्त बनाउँदै फेरि एकपटक दोलखावासीप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij