नेपाल सम्वत् ११४६, थिंलागाः ३ तृर्तिया (२१ मंसिर, २०८२, ०७ डिसेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । समाजसेवी गायीका सकुना श्रेष्ठ मलेकुको “आशाको दियो” पुस्तक सार्वजनिक गरिएको छ । ललितपुर कुपण्डोल स्थित हिमालय होटेलमा उक्त पुस्तक कलाकार मदनदास श्रेष्ठ लगायतका व्यक्तीत्वको हातबाट सार्वजनिक गरिएको हो ।

समाजसेवी गायीका सकुना श्रेष्ठ मलेकुद्वारा आफै लेखिएको उक्त “आशाको दियो” पुस्तकको सम्पादन दोलखाली अग्रज पत्रकार रमेश खड्काले गर्नु भएको छ । यसै गरी पुस्तक प्रकाशन मिडिया सर्भिस नेपालले गरिएको छ । बजार व्यवस्थापनको जिम्मेवारी बाँपिझ्याला मिडियाले रहेको छ । उक्त पुस्तक १ हजार कपि प्रकाशन गरिएको छ भनी सम्पादक रमेश खड्काले बताउनु भयो ।
“आशाको दियो” नामक पुस्तक समाजसेवी सकुना श्रेष्ठ मलेकुको जिवनकथामा उहाँ आफैको मेहनत, लगनशिलता, हिम्मत, सेवाका कामप्रतिको समर्पण, सिक्ने चाहना असामान्य छन् । यस कितावमा विषयवस्तुमा सकारात्मक भाव, सकारात्मक सोच र जीवनमा आशा जगाउने तत्वहरु फेला पर्दछ ।

उहाँको लागि आज महत्वपूर्ण दिन भएको छ । धेरैको जीवन खासगरी सेवाका कामहरु भोलि गर्ने भन्दाभन्दै सकिन्छ । उहाँले आफ्नो जीवनका सारा कर्महरुलाई बर्तमानमा गर्ने सकल्प गर्नु भएको छ ।
पुस्तकामा ६६ वटा शिर्षकमा बिभाजनगरी उहाँले आफ्नो बाल्यकालदेखि हालसम्मको जिवनीबारेमा प्रस्तुत गर्ने झमर्को गर्नु भएको छ । जसलाई सम्पादक रमेश खड्कको मेहनतले उहाँको जिवनको वास्तविक जिवनमा आधारीत कथालाई यर्थात चित्रण गर्न सफल हुनु भएको छ । जुन आफैमा स्वागतयोग्य छ ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी र आमन्त्रीत महानुभावहरुलाई मिडिया सर्भिस नेपालको तर्फबाट मञ्जु भट्टले स्वागत भाषणद्वारा स्वागत गर्नु भएको थियो । यसै गरी समकालिन एकता समाज नेपालका कोषाध्यक्ष मिलन श्रेष्ठ, सदस्य पुष्पा जोशी र शुभचिन्तक मनु महर्जनले खादा लगाएर सम्मान गर्नु भएको थियो ।
प्रमुख अतिथी मदनदास श्रेष्ठ, विशेष अतिथी सपना माता, किरण केसी, आनन्द कार्की ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अतिथी चोकबहादुर दाहाल, भोजराज न्यौपाने र शिरोमणी दवारीले पुस्तकको समिक्षात्मक टिप्पनी सहीतको मन्तव्य व्यक्त गर्नु भएको थियो । सगरमाथा आरोही दावा छिरिङ्ग शेर्पाको उपस्थिती रहेको थियो ।
सम्पादक रमेश खड्काले पुस्तकको बारेमा आफुले सम्पादन गरेको बेलामा पाईएका सकुना श्रेष्ठ मलेकुको यर्थात तितो र मिठो वास्तविक जिवनशैलीको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा “सेवाको बाटो” शिर्षक अन्तर्गत सकुना श्रेष्ठ मलेकुकी जिवनीको बारेमा बृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै कलाकारहरुले “उठ जाग नारी हो” बोलको गितमा नृत्य प्रस्तुत गरिएको थियो ।
सकुना श्रेष्ठ मलेकु
भगवान प्रति गहिरो आस्था, दीनदुःखी प्रति अगाध स्नेह र ममता, समाज प्रति मानवीय सोचले भरिपूर्ण भएकी एक आदर्श नारी हुन् दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा डोक्छें टोल निवासी दिवंगत दिल बहादुर श्रेष्ठ र दिवंगत नानी कुमारी श्रेष्ठकी आयुष्मान सुपुत्री सकुना श्रेष्ठ हुन् । बाल्यकालमा दोलखाको घर आँगनमा हुर्केर भरखरै मात्र स्थापना भएको बालमन्दिर स्कुलबाट स्कुल जीवन शुरुआत गरेर राजकुलेश्वर प्राथमिक विद्यालयमा प्रारम्भिक चरणको पठनपाठन सकाएर माध्यमिक स्तरको पठन पाठन भीम माध्यमीक विद्यालयमा अध्ययन गर्दा गर्दै उपत्यका ललितपुर पुल्चोकस्थित मदन स्मारक हाईस्कुलबाट अध्ययन पुरा गर्नुभएको हो । समाज सेवामा अति नै लगाव रहेका सकुना श्रेष्ठ मलेकुलाई धर्म, संस्कृती र परम्परा प्रति पनि उत्तिकै आस्था र भरोसा राख्नुहुन्छ । विशेषगरी उहाँलाई दोलखामा रहेका साक्षात भगवान मच्छिन्द्रनाथ करुणामाई दोलखाली नेवारी भाषामा बुग्देउ प्रति गहिरो आस्था, सद्भाव र विश्वास रहेको छ । उनै साक्षात भगवानको कृपाले गर्दा नै वहाँले मनले चिताएको र ईच्छा गरेको हरेक कुराहरु पुरा भएको मान्नु हुन्छ । आज आँखाले देखिएका गरीब दीनदुःखिलाई सहयोग गर्न सकेको अनुभव गर्नुहुन्छ ।
पाटनको ललितपुरमा रहँदा रहँदै स्थानीय साथी र आफन्त नजिकको चिनजान, परिचित व्यक्ति केशवलाल श्रेष्ठ मलेकुसंग परिचय भयो । चिनजानको पारस्परिक सम्बन्ध वैवाहिक रुपमा परिणत भयो । त्यसपछि सकुना श्रेष्ठबाट सकुना श्रेष्ठ मलेकु हुनुभयो । पुल्चोकस्थित स्थानीय वासिन्दा केशवलाल मलेकुज्यूको व्यापारिक कारोबार विदेशतिर पनि हुने भएकोले उहाँले अमेरीका, जापान, अष्ट्रेलिया र हङकङ लगायत बिभिन्न देशको यात्रा गर्नु भएकोले वहाँले आन्तरीक तथा बाह्य व्यापार व्यवसायमा अनुभव बटुल्नका साथै धेरै कुरा सिक्न सफल हुनुभएको छ । हाल वहाँ ललितपुर स्थित सानेपा निवासमा हुनुहुन्छ, उहाँका २ छोराहरु जेठा कुसल श्रेष्ठ र कान्छा कुनाल श्रेष्ठ यस्तै गरी २ छोरी जेठी सजना श्रेष्ठ र कान्छी सजया श्रेष्ठ छन् । आराध्यदेव साक्षात दोलखा भीमेश्वर र मच्छिन्द्रनाथ करुणामाईको आशिर्वाद र कृपाले चारैजना छोराछोरीलाई सही र निर्दिष्ट स्थानमा पु¥याउन सकेकोमा वहाँ आफुले खुसी व्यक्त गर्दै गौरव गर्नु हुन्छ ।
उहाँले आन्तरीक र बाह््य व्यवसाय गर्दागदै समाजसेवामा हात बढाउनु भयो । यसरी समाजसेवामा हात हाल्दा हाल्दै पछिल्लो चरणमा उहाँ गायन क्षेत्रमा प्रवेश गर्नु भयो । गायन क्षेत्रमा तिजको गित “माईतीको आगन” बोलबाट चर्चाको शिखरमा पुग्न सफल हुनु भएका सकुनाको एक दर्जनभन्दा बढी आधुनिकगित, लोकगित र भजन संग्रह बजारमा आईसकेको छ । उहाँको यो गित सुन्नको लागि सकुना श्रेष्ठ क्बपगलब क्जचभकतजब युवट्युवबाट सुन्न सक्नु हुन्छ ।
आज उहाँले आफ्नो जिवनको पानाहरुलाई कोदै “आशाको दियो” पुस्तकको रुपमा आफ्नो जिवनलाई प्रस्तुतीकरण गर्न सफल हुनु भएको छ । समाजसेवी सकुनाको निरन्तर सफल यात्राको कामना गर्दछों ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij