Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

द्वाल्खा नेपाल (नेवार) भाषाका दुई कृती लोकार्पण

द्वाल्खा नेपाल (नेवार) भाषाका दुई कृती लोकार्पण

नेपाल सम्वत् ११४६, थिलाथ्वः ६(१० मंसिर, २०८२, २६ नोभेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । नेपाल सम्वत् ११४६, थिलाथ्वः २(०६ मंसिर, २०८२, २२ नोभेम्वर, २०२५) शनिवारका दिन जन्मघर दोलखा भई हाल शान्तीनगर काठमाण्डौ बस्दै आउनु भएका प्रा.डा. श्याम जोशीद्वारा लिखित द्वाल्खा नेपाल (नेवार) भाषाको उपन्यास “खोसु दुपानय निबार” र कथा संंग्रह  “थोंंसी बोस” को लोकार्पण गरिएको छ ।

कमलादी स्थित प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभा कक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल निभाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । आफुले लेखेको कृति विमोचनको  अवसरमा लेखक प्रा.डा. जोशीले पुस्तकका प्रकाशन बारे जानकारी दिनु हुदै यसको महत्वमाथी र दोलखाको नेवार समुदायको पहिचानको बारेमा यसले पू¥याएको सहयोगको बारेमा प्रकाश पार्नु भएको थियो । डा.जोशीका यी कृतिहरु बारे वरिस्ठ समालोचक प्रा. डा. दया राम श्रेष्ठ, भाषाविद् प्रा. डा. दान राज रेग्मी तथा प्राज्ञ अगिब बनेपालीले टिप्पणी गर्नु भएको थियो ।

भाषाविद् प्रा. डा. दान राज रेग्मीले द्वाल्खा नेपाल (नेवार) भाषा लाई जनगणनामा भाषिकाको रुपमा वर्गीकरण गरेको भए पनि डा. जोशीले “द्वाल्खा भाषा” भनेर द्वाल्खा नेपाल (नेवार) भाषालाई स्वतन्त्र पहिचान दिनु भएको छ जुन आफैमा सराहनीय छ । 

shyam-joshi.jpg

सोहि अवसरमा रुपा फाउन्डेसन संंस्थापक अध्यक्ष समाजसेवी बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठले डा. जोशीले लोपोन्मुख द्वाल्खा नेपाल भाषामा उपन्यास, नाटक र कथा संंग्रह प्रकाशित गरेर द्वाल्खा नेपाल भाषाको प्रबर्धन र संंरक्षणमा थप योगदान गरेको कार्यको कदर गर्दै लेखक जोशीलाई आफ्नो बजैको स्मृतिमा राख्नु भएको “चन्द्र शोभा मास्के द्वाल्खा भाषा संंरक्षण पुरस्कार” बाट  सम्मान गर्नु भएको थियो । 

जुन पुरस्कार वि.सं. २०७९ साल माघ १४ गते उपत्यकावासी दोलखावासीहरु विच भीमेश्वर नगरपालीको साझेदारीमा बाँपिझ्याला मिडियाको आयोजनामा दोलखा नेपाल (नेवारी) भाषामा संरक्षण र प्रवद्र्धनको लागि उपत्यकाको नयाँ बजार स्थित एवान क्याफेमा गरिएको अन्तरक्रिया कार्यक्रममा समाजसेवी बरिष्ठ ईन्जिनिएर आत्माकृष्ण श्रेष्ठले उक्त “चन्द्र शोभा मास्के द्वाल्खा भाषा संंरक्षण पुरस्कार” पुरस्कारको घोषणा गर्नु भएको थियो ।

डा. श्याम जोशी आफु युवावस्थामा हुँदा दोलखाको परिवेशमा मिल्दोजुल्दो कथालाई उर्जाघर गर्ने उद्देश्यले त्यतीबेला देखाईएका दोलखा नेपाल भाषाको नाटक “मिसामी” को प्रद्र्धशन गत जेठ १० गते शनिवारका दिन राष्ट्रिय नाचघरमा प्रद्र्धशन गरिएको थियो । जसको लागि दोलखा नेपाल भाषामा विद्यावारीधी गर्नु भएका अमेरीकी नागरिक क्यारोल इ जिनेटको विशेष सहयोग रहेको थियो ।

यसै गरी नेपाल सम्वत् ११४६, थिलाथ्वः २(०६ मंसिर, २०८२, २२ नोभेम्वर, २०२५) शनिवारका दिन प्रा.डा. श्याम जोशीद्वारा लिखित दोलखा नेपाल (नेवार) भाषाको उपन्यास “खोसु दुपानय निबार” र कथा संंग्रह  “थोंंसी बोस” को लोकार्पण गरिएको छ । जसले दोलखा नेपाल भाषाको ईतिहासमा एकपंक्ती थप्ने ऐतिहासिक कार्य सम्पन भएको छ । 

वि.सं. २०५५ साल बैशाखदेखि बाँपिझ्याला खलकको प्रकाशनमा “बाँपिझ्याला लछिपती” मासिक प्रकाशन हुर्दै वि.सं. २०७७ असोज १ गतेदेखी अनलाईन पत्रिका बाँपिझ्याला डटकम सञ्चालन गदै द्वाल्खा नेपाल भाषा संरक्षण र प्रवद्र्धनमा गरेको सहयोगका साथै दोलखाका नेवार समुदायका आफ्नो मौलिक मातृभाषालाई बचाउन प्रत्यत्न गरिरहेको अवस्थामा आज प्रा.डा. श्याम जोशीज्यूले आफ्नो लेखनमा तयार गरिएको आजभन्दा करिव ५० बर्ष अगाडी मञ्चन गरिएको “मिसामी” नाटक २०८२ साल जेष्ठ १० गते शनिवारका दिन पुनः मञ्चन गर्नु, यसै गरी नेपाल सम्वत् ११४६, थिलाथ्वः २(०६ मंसिर, २०८२, २२ नोभेम्वर, २०२५) शनिवारका दिन उपन्यास “खोसु दुपानय निबार” र कथा संंग्रह  “थोंंसी बोस” को लोकार्पण गर्नु, यसै गरी बिभिन्न शब्दकोष, गित, कथा, कविताहरु प्रकाशनले दोलखावासी नेवार समुदाय बिचमा आफ्नो मातृभाषा प्रति संरक्षण र बचावटको लागि उत्प्रेरणा प्रदान गर्न सफल भएको महशुष गरेका छौ ।

यस कार्यमा हामीले खुसी व्यक्त गर्ने पर्छ ।

जसको श्रेय यहाँहरु सवैमा जान्छ ।

यस कार्यमा बाँपिझ्याला लछिपती, बाँपिझ्याला डटकमलाई अगाडी बढ्न पत्रिका प्रकाशनको शुरुवातदेखी हाल अनलाईन सञ्चालनसम्म अगाडी बढ्न जुन सद्भाव र माया गरी आ–आफ्नो तर्फबाट सहयोग गदै आउनु भएकोछ यसको लागि सम्पूर्ण दोलखावासी, जिल्लावासी र शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरुमा बाँपिझ्याला परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै विशेष धन्यवाद व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार