Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चलचित्र "बाटुलो जूनु" को शुभसाइत

चलचित्र "बाटुलो जूनु" को शुभसाइत

नेपाल सम्वत् ११४६ थिंलाथ्वः १ (५ मंसिर, २०८२, २१ नोभेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र बाटुलो जूनुको शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो ।

पछिल्लो फिल्म ुड्रिम्सु रिलिजको झन्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ुएक्सन कटुमा पुनरागमन गर्दैछन् । फिल्ममा अनमोललाई केसी अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले अभिनयमासाथ दिनेछन् । भुवन केसी आफैंपनि प्रमुख अभिनयमा रहने बाटुलो जूनमा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहनेछ । 

निर्देशक केसीले यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए ।  बाटुलो जूनु निर्माण जीया केसी र भविष्य खड्काले गर्न फागेका हुन् । खड्का फिल्म जेरी अन टपुकी निर्मात्री हुन् । 

अभिनेता अनमोल केसीले हिजोको दिनमा बुवा भुवन केसीले चिनो, सम्झना र कुसुमे रूमालजस्ता चलचित्रमा निभाएको भूमिका र सोहि चलचित्रहरूमा देखिएको लूक्समै आज आफुलाई पाएको भन्दै घुमाउरो पाराले बुवाकै विरासत धान्ने गरी यो चलचित्रमा जोडिएको बताए । बोली, भाषादेखि धेरै कुरामा भिन्न तरिकाले प्रस्तुत हुन लागेको भन्दै अनमोलले सम्पूर्ण टिमको मेहनत र साथले आफूले पनि पात्रलाई न्याय गर्ने र चलचित्र पनि उत्कृष्ट बन्ने बताए ।

पहिलो चरणमा ४५ दिनको छायाङ्कन सेड्यूअलसहित फ्लोरमा निस्केको यो फिल्मलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायाङ्कन गरिनेछ । चलचित्रमा तेजबिक्सम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । फिल्ममा छायाङ्कन राजेश श्रेष्ठको रहनेछ भने रेनशा वान्तवा राईले कोरियोग्राफी गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार