Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रैथाने खानाप्रति बढ्दो: ढिँडोदेखि मार्सीसम्म

रैथाने खानाप्रति बढ्दो: ढिँडोदेखि मार्सीसम्म

नेपाल सम्वत् ११४६, कछलागाः १४, चर्तुदशी (३ मंसिर, २०८२, १९ नोभेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । एक समय यस्तो थियो, जब मानिसले कोदोको ढिँडो लुकाएर खानुपर्थ्यो। ढिँडो खाएको कुरा खुलाउन पनि हिच्किचाइन्थ्यो। गाउँघरमै समेत ढिँडोलाई ‘गरिबको खाना’ भन्ने मानसिकता थियो।

त्यसबेला चामलको भात धनीहरूको प्रतीक मानिन्थ्यो र कोदो गरिबले खाने अन्न भनेर बुझिन्थ्यो। कतिपय ठाउँमा त घरभित्र ढिँडो खाइन्थ्यो, तर बाहिर भने कुकुरलाई एकमुख दूध–भात दिएर ‘भात खाने’ छवि बनाउन खोजिन्थ्यो भन्ने कथनहरू सुनिन्थे।

तर अहिले समय धेरै बदलिएर आएको छ। गाउँघर मात्र होइन, सहरका ठूला होटल–रेस्टुरेन्टहरूमा समेत मानिस ढिँडो खान खोजेर जान थालेका छन्। ढिँडो अब लुकाएर खाने होइन, गर्वसहित मनपर्ने र रोजाइको खानाको रूपमा स्थापित भएको छ। सामाजिक सञ्जालमा ‘आज ढिँडो खाइयो’ भन्दै तस्बिर पोष्ट गर्ने चलनसमेत बढेको छ।

पहिले दुर्लभजस्तै मानिएको चामलको भात अहिले धेरैका लागि विकल्पको खाना भएको छ। घरमा होस् वा होटलमा, धेरै मानिसहरू भात कम खानेतर्फ उन्मुख भएका छन्। रोटी, फापर, कोदो तथा ढिँडो नै रोजाइमा पर्न थालेका छन्। पहिले धनीमानीको खानाजस्तो ठानिने भातलाई अहिले धेरैले ‘रोगको घर’ का रूपमा हेर्न थालेका छन्। चिकित्सकहरू नै बढी भात नखान र सकेसम्म अर्गानिक तथा रैथाने खाना खान सुझाव दिन्छन्।

अहिले मानिसको स्वास्थ्यप्रतिको चेतना उल्लेखनीय रूपमा बढेको देखिन्छ। विषादीरहित, स्थानीय उत्पादन तथा कम कार्बोहाइड्रेटयुक्त खानातर्फ आकर्षण बढेको छ।

खाद्य, पोषण तथा जनस्वास्थ्य विज्ञ डा। अरुणा उप्रेतीका अनुसार हाल कोदो, फापर, गुन्द्रुक, मकै तथा च्याँख्ला, दाल–ढिँडोजस्ता रैथाने परिकार धेरैको रोजाइमा पर्न थालेका छन्। रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि आधुनिक प्रोसेस्ड खानाभन्दा रैथाने अन्न उत्तम हुने चेतना बढेको उनी बताउँछिन्।

उनका अनुसार, “पहिले रैथाने खाना खाँदा अपहेलित हुने अवस्था थियो। तर अहिले त्यस्तो छैन। सञ्चारमाध्यमको प्रभावले मानिस यस्ता खानातर्फ आकर्षित भएका छन्। अहिले त पाँचतारे होटलको मेन्युमै पनि कोदो, फापरको परिकार राख्न थालिएको छ।”

शारीरिक श्रम घट्दै गइरहेको, बजारका प्रोसेस्ड खानेकुरा बढ्दै गएको वर्तमानमा अर्गानिक र रैथाने उत्पादन स्वास्थ्यका लागि लाभदायी हुने उनको सुझाव छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित घरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको प्रसङ्ग सार्वजनिक भएपछि मार्सी चामलको चर्चाले बजार तताएको थियो। त्यसैले मार्सी चामल ‘ब्रान्ड’ बन्न पुगेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार