नेपाल सम्वत् ११४६, कछलागाः १४, चर्तुदशी (२ मंसिर, २०८२, १८ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । विश्व प्रसिद्ध दोलखा भीमसेन (भीमेश्वर)को लागि सिटीजन बैङ्क दोलखा शाखाबाट ५१ हजारको चेक हस्तान्तरण व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठलाई आज मंगलबार विहान हस्तान्तरण गरिएको छ ।
सिटीजन बैङ्क शाखा कार्यालय चरिकोटका प्रमुख नवराज नेपाल लगायतको टोलीले आज दोलखा भीमसेन (भीमेश्वर) परिसरमा पुगी हस्तान्तरण गरिएको छ भनी व्यवस्थापन समितीका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो । उक्त चेक हस्तान्तरण कार्यक्रममा समितीका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ र कर्मचारी हरिदर्शन जोशीको उपस्थिती रहेको सचिव श्रेष्ठले बताउनु भयो ।
दोलखा बिगु गाउँपालीका सागुखोला जलविद्युत (२०मेगावाट) र सागु खोला जलविद्युत आयोजना–१ (५.५ मेगावाट) निरीक्षणको क्रममा हिजो दोलखा पुग्नु भएका सिटीजन बैङ्कका कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैङ्कको तर्फबाट दोलखा भीमसेन (भीमेश्वर)को नाउँमा गुठी व्यवस्थापन समितीलाई ५१ हजार सहयोग प्रदान गर्ने बचनबद्धता अनुसार आज विहान उक्त हस्तान्तर कार्यक्रम सम्पन्न गरिएको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij