Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा कमलपोखरीमा सामुहिक माछा पालन

दोलखा कमलपोखरीमा सामुहिक माछा पालन

नेपाल सम्वत् ११४६, कछलागाः १२, एकादशी (३० कार्तिक, २०८२, १६ नोभेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । दोलखाको कमलपोखरीमा दिग्गज ब्यक्तित्वहरुको सल्लाह संरक्षणमा आजदेखि सामुहिक माछा पालन शुरुवात गरिएको छ । 

यसै गरी अर्को ऐतिहासिक रानी पोखरीमा पनि माछा राखिने भएको छ । यो सामुहिक व्यवसायको अभ्यासमा भोलि बिहान मंसिर १ गते पोखरी सरसफाई गर्ने कार्यक्रमको जानकारी सहित शिवजी प्रधानले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गरिएको छ ।  

सल्लाहकार संरक्षकमा वडा अध्यक्ष स्टालिन श्रेष्ठ, सामाजिक अभियन्ताहरु शान्त कृष्ण श्रेष्ठ, यज्ञमणि श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, शिवजी प्रधान, समिरन श्रेष्ठ, मण्डु शाही, पबित्र कुस्ले, कृष्ण नारायण शाहि र चन्द्र नारायण प्रधान सहभागी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार