नेपाल सम्वत् ११४६, कछलागाः ११, एकादशी (२९ कार्तिक, २०८२, १५ नोभेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको फिल्म झरीपछिको इन्द्रेणी को पहिलो गीत सार्वजनिक भएको छ। शनिबार सार्वजनिक ‘फसायो लमीले’ बोलको गीतमा वसन्त थापा र समीक्षा अधिकारीको स्वर छ।
भिडिओमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकारहरू रहेका छन्। विवाहको पृष्ठभूमिमा तयार गीत रमाइलो खालको छ। गीतको शब्द, संगीत रमेश परियारको हो।
यो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युबबाट रिलिज गरिएको हो। मौसम हिमालीको नृत्य निर्देशन रहेको फिल्मको छायांकार बुद्ध थापा हुन्।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको ुझरीपछिको इन्द्रेणीु मा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ।
फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय छ। निर्मातामा अनिशा सेन्दाङ लिम्बु छिन् भने अनु थापा, पंकज खड्का, राम कार्की र सुवास शर्मा सह–निर्माता छन्।
निर्देशक घिमिरेसहित गणेश कार्की र विशाल घिमिरेको पटकथा र संवाद यसमा छ। झरीपछिको इन्द्रेणी पुस ४ गते रिलिज हुनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij